भित्रियो बुटवलमा सलह,किसान चिन्तीत

असार १३,बुटवल ।

कृषि मन्त्री घनश्याम भुसालको गृहजिल्ला रुपन्देहीमा ठूलो संख्यामा सलह किरा प्रवेशगरेकोछ । रुपन्देहीका विभिन्न क्षेत्रमा अनगिन्तीको संख्यामा सलह देखिएका हुन्।

मकै पाक्न लागेको सिजनमा सलह भारतबाट पसेका हुन्। राम्रो बर्षात् भएपछि अन्य खेतीबारी पनि हरियो भैरहेको बेला सलह पसेपछि कृषकमा चिन्ता बढेको छ।

शनिबार दिउँसो रूपन्देहीको बुटवल र सैनामैनासहितका क्षेत्रमा सलह देखिएपछि कृषकहरुलाई चिन्ता परेको हो। बुटवलको गोलपार्क, सुख्खानगर, शिवनगर क्षेत्रमा सलह देखिएपछि स्थानीयले किट विज्ञ र नार्कका वैज्ञानिकलाई खबर गरेका थिए। ग्रामीण भेगमा पनि सलह देखिएपछि कृषकहरु खेतबारीमै पसेर धपाउन जुटेका छन्।


हजारौं लाखौंको संख्यामा फट्याङ्ग्रो प्रजातिको सलहले खाएपछि केही बेरमै हरियो बालीको डाँठ मात्रै बाँकी राखिदिन्छ। प्रदेश ५ कृषि विकास निर्देशनालयका प्रमुख याम नारायण देवकोटाले सलह कीरा भेटिएको बताउँदै अनुसन्धान भइरहेको उल्लेख गरेका छन्।

रुपन्देहीकै सुख्खानगर क्षेत्रका स्थानीयले सलह कीरा छोपेर डिब्बामा राखेर कृषि कार्यालयमा खबर गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च