असार १६,गुल्मी ।
गुल्मीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सिमलटारीबाट छल्दी तर्फ जाँदै गरेको लु ३ त ३२६७ नम्बरको टयाक्टर अनियन्त्रित भई इस्मा गाउँपालिका–२, स्याँलामा दुर्घटना हुदाँ ३० मिटर तल खोलामा खसेको सशस्त्र प्रहरी नायब उपरीक्षक बिनोदराज खनालले जानकारी दिए ।
दुर्घटना हुदा खोलामा बाढी आएका कारण गुल्मीदरबार गाउँपालिका–६ वस्ने अन्दाजी १३ वर्षीय विकास परियार बेपत्ता भएका थिए । उनको शव भेटिएको छ।
सस्त्र प्रहरी बल, नेपाल नं ३७ गुल्म गुल्मीको सशस्त्र प्रहरी निरिक्षक कमलेश कुमार महतोको टोलीले खोलामा शब फेला पारेको सशस्त्र प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिए ।
सशस्त्र प्रहरीको टोलीले करिव एक घण्टामा परियारको शव खोलाभित्र टयाक्टरको चक्कामुनि फेला परेको थियो । दुर्घटनामा चालक रेसुङ्गा नगरपालिका–१० बस्ने २५ वर्षीय विष्णु परियार घाइते भएका छन् । उनको पाल्पामा उपचार भै रहेको छ ।