कोरोना अपडेट: संक्रमण १४५१९, संक्रमणमुक्त ५३२०,निधन ३१

काठमाडौं ।
आज बिहीबार देशभर ४७३ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालाको पिसिआर परीक्षणमा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए।

यससँगै देशभर कुल १४ हजार ५१९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका संक्रमितहरूमा १०९ महिला र ३ सय ६४ पुरुष गरी ४ सय ७३ जना संक्रमित थपिएका छन्।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ३७ पीसीआर परीक्षण भएको छ। हाल सम्म कुल २ लाख ३७ हजार ७ सय ६४ पीसीआर परिक्षण भएको छ। देशभर रहेका विभिन्न क्वारेन्टाइनमा ३८ हजार १ सय ९ जना व्यक्ति रहेका छन्।

यस्तै नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ । काठमाडौंमा कोरोना संक्रमण पुष्टि भएका ४८ दिने शिशुको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ पुगेको हो । श्वास–प्रश्वासमा समस्या आइ महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका शिशुको बुधबार मृत्यु भएको थियो ।

प्रवक्ता गौतमका अनुसार आइसोलेसना १० हजार १ सय ३७ जना संक्रमितहरु उपचाररत रहेका छन्। पछिल्लो २४ घण्टामा ६ सय ६४ जना निको भएर घर फर्किएका छन्। हाल सम्म निको हुने संक्रमितको संख्या ५ हजार ३ सय २० पुगेको छ। सरकारले पीसीआर परीक्षणलाई बढाउन थप २ वटा पीसीआर परीक्षण गर्न सक्ने प्रयोगशाला थप गरेको छ। यससँगै कुल २५ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण हुने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च