बालुवाटारको आशिर्वादमा टेलिकममा पनि पस्यो ओम्नी

काठमाडौं ।
सरकारी निकायको आइटीमा महत्वपूर्ण ठेक्का हत्याउन सफल ओम्नी समूहले नेपाल टेलिकममा पनि प्रवेश पाएको तथ्य फेला परेको छ । लकडाउनको मौका छोपेर टेलिकमले ओम्नी समूह लगायतलाई सुटुक्क मासिक एक अर्बभन्दा माथिको व्यापार गर्न सक्नेगरी रिचार्ज कार्ड डिलर दिएको पाइएको हो ।

टेलिकमबाट यसअघि रिचार्ज कार्डको डिलरको जिम्मा पाएका ४० भन्दा बढी कम्पनीले सब-डिलर भएर काम गरेपछि मात्र डिलरको जिम्मा पाएका थिए । तर ओम्नीले सब-डिलरको काम नै नगरी बालुवाटारको दबाबमा डिलरको जिम्मा पाएको नेपाल टेलिकम उच्च स्रोतले बतायो ।

टेलिकम स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीका आइटी विज्ञ अस्गर अलीको स्वामित्वमा रहेको अनलाइन विद्युतीय भुक्तानी प्रणाली इ-सेवासँग सहकार्य गर्नेगरी ओम्नीले टेलिकमको रिचार्ज कार्डको डिलर पाएको हो ।

प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका विश्वासपात्र रहेका अलीले निरन्तर दबाब दिएर ओम्नीलाई रिजार्च कार्डको डिलर बनाएका हुन् ।

अहिलेको अवस्थामा रिचार्ज कार्डको डिलर थप्दा राम्रो सन्देश नजाने र अनुभव नै नभएको कम्पनीलाई डिलरको मान्यता दिन नहुने सुझाव टेलिकमका उच्च अधिकारीले दिए पनि टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले बालुवाटारको दबाब भन्दै ओम्नीलाई मासिक अर्बभन्दा माथिको व्यापार गर्न सक्नेगरी टेलिकमको डिलर सुम्पिएको टेलिकम स्रोतको भनाइ छ । नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च