कोरोनाले थप एकजनाको मृत्यु ,नेपालमा ज्यान गुमाउनेको संख्या ३३ पुग्यो

काठमाडौं ।
कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । गोरखा पालुङ्टार नगरपालिका ७ का ४४ वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको गोरखा अस्पतालले जनाएको छ ।

उनी मधुमेहका रोगी रहेको र आइसोलेसनमा उपचार गराइरहेको अवस्थामा आज बिहान ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

ती व्यक्ति दीर्घरोगी रहेको र कोरोना संक्रमणसँगै निमोनियाबाट ग्रसित रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. नविन थापाले जानकारी दिएका छन्‌।

उनमा हिजो साँझ कोरोना पुष्टि भएको थियो । यो संगै नेपालमा कोरोना भाईरसका कारण ज्यान गुमाउनको संख्या ३३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च