नेकपा स्थायी कमिटि बैठक बस्दै, जुट्ला त विवादीत विषयमा सहमति ?

असार २४,काठमाडौं ।
स्थगित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक बस्न लागेको हो।

सोमबार बस्ने भनिएको बैठक विवादीत विषयमा सहमति जुट्न नसकेपछि आजसम्मका लागि स्थगित गरिएको थियो ।पछिल्लो समय शीर्ष नेतृत्वबीचको विवादको असर पार्टी र सरकार सञ्चालनमा पनि परेको छ । विवाद समाधानका लगि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष ‘प्रचण्ड’बीच निरन्तर छलफल चलिरहेको छ ।

अध्यक्षद्धय वीच आज पनि स्थायी कमिटि बैठक बस्नु अघि छलफल हुने बताइएको छ । यसअघि हिजो प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई अध्यक्षबीचको छलफललाई जारी राख्ने सहमति भएको थियो ।

स्थायी कमिटिका बहुमत सदस्यहरुले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीले राजीनामा दिनुपर्ने माग राख्दै आएका छन् भने ओलीले आफुले अहिले कुनै पदबाट पनि राजीनामा नदिने अडान राख्दै आउनुभएको छ ।

प्रधानमन्त्री ओलीसँग कुरा नमिलेपछि दाहालले हिजो वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर आजकोे बैठक लगायतका विषयमा कुरा गर्नुभएको थियो ।

दाहाल र नेपाल पक्ष सकेसम्म ओलीलाई प्रधानमन्त्री पदबाटै राजीनामा गराउने भन्नेमा अहिलेसम्म एकमत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च