असार ३०,बुटवल ।
करिब १ लाख घुस सहित घरेलु तथा साना उद्योग कार्यालय, नेपालगंज बाँकेका उद्योग अधिकृत हुकुम बहादुर ओली पक्राउ परेका छन् ।
ठेक्काको अनुमति पत्र बनाईदिने कार्यमा सहजिकरण गरिदिने भन्द घुस बापतको ९६ हजार ३ सय रुपैयाँ लिईसकेपछिको अवस्थामा उनलाई पक्राउ गरीएको अख्तीयार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलले जनाएको छ ।
ओलीलाई कार्याकक्षबाट रंगेहात पक्राउ गरि अनुसन्धान जारी राखिएको कार्यालयले जनाएको छ ।