साउन ५,गुल्मी ।
कालीगण्डकी करिडोरको हर्मिचौर–अर्बेनी सडकखण्ड पहिरोका कारण एक हप्तादेखि अवरुद्ध भएको छ। सो सडक खण्ड अवरुद्ध हुँदा कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाटसम्म आवातजावत गर्न नपाएको र दैनिक काममा समेत समस्या भएको स्थानीयवासीले बताउँदै आएका छन्।
सडक खण्डमा बीच बीचमा ठूलो पहिरो खसेका कारण पहिरो पन्छाउन समय लागेको कालीगण्डकी करिडोर पाल्पाका योजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए। पहिरो पन्छाउनका लागि डोजर प्रयोग भइरहेको र सानो डोजरले पहिरो पन्छाउन नसकेपछि ठूलो डोजर पठाइएको सुवेदीले जानकारी दिए।
सो सडकमा ठूला ठूला ढुंगा खसेकाले ब्रेकर लगाएर फुटाउनुपर्ने हुँदा ठूलो खाले डोजर पठाइएको कार्यालयले जनाएको छ ।