ज्योतिष शास्त्र अनुसार शनिवार : कुन राशिले के गर्न हुन्छ ? के गर्न हुदैंन ? (जानी राखौं)


काठमाडौं ।
शनिवार जीवनमा सतर्क रहन आवश्यक हुन्छ । यस दिन चाँडै सफलता पाउन अनुचित काम गर्नबाट बच्न, कसैलाई अति भरोसा गर्नबाट पनि बच्नु पर्दछ । यस दिन राशि अनुसार केही काम गर्नु पर्दछ, केही काम गर्नबाट बच्नु पर्दछ । शनिवार कुन राशिले के गर्न हुन्छ ? के गर्न हुदैंन त ? जानी राखौं
मेष :
यस राशिका जातकले शनिवार आफ्नो कुरा राख्न पाउने अवसर पाउनेछन् । यस दिन आवश्यकता भन्दा बढी धन खर्च गर्नबाट बच्नु पर्दछ ।
वृष :
यस राशिका जातकले शनिवार धन लाभको नयाँ अवसर पाउनेछन् । यस दिन सानातिना प्रलोभनबाट आफूलाई बचाउने कोसिस गर्नु पर्दछ ।
मिथुन :
यस राशिका जातकले शनिवार शिक्षा क्षेत्रमा लाभ पाउनेछन् । यस दिन चाँडै सफलता पाउने नाममा कुनै अनुचित कार्य गर्नबाट बच्नु पर्दछ ।
कर्कट :
यस राशिका जातकले शनिवार व्यापार सम्बन्धित इमानदारीका साथ गर्ने अवसर पाउने छन् । साथै समयै आफ्नो जिम्मेदारी पुरा गर्ने प्रयत्न गर्नु पर्दछ ।
सिंह :
यस राशिका जातकले शनिवार दिएको धन प्राप्त हुने योग बन्ने छ । तर अनावश्यक खर्चमा कटौती भने गर्नुपर्ने हुन्छ ।
कन्या :
यस राशिका जातकले शनिवार सम्बन्ध विस्तारको अवसर पाउनेछन् । यस दिन व्यापार कार्य गर्दा सोचविचार गर्नुपर्ने हुन्छ ।
तुला :
यस राशिका जातकले शनिवार राजनीतिक विषयबाट टाढा रहन प्रयास गर्नु पर्दछ । यस दिन मनमा आएको नौलो काम गर्ने इच्छालाई कार्यान्वयन ल्याउनु पर्दछ ।
वृश्चिक :
यस राशिका जातकले शनिवार चाँडै धन कमाउन गलत योजनामा पुँजी निवेश गर्नु हुँदैन । अध्ययनमा राम्रो हुने भएकाले यस दिन पढाइको क्षेत्रमा समय खर्चनु पर्दछ ।
धनु :
यस राशिका जातकले शनिवार कार्यक्षेत्रमा आफ्नो प्रतिभा देखाउने अवसर पाउनेछन् । यस दिन परिवार लगायत नजिकका मानिससँग मित्रवत् व्यवहार गर्नबाट चुक्नु हुँदैन ।
मकर :
यस राशिका जातकले शनिवार व्यापार वा घरजग्गाको कारोबार गर्दा आफू भन्दा वरिष्ठको सल्लाह लिनु पर्दछ । साथै यसको कारोबार सम्पन्न गर्न यो दिन उचित मानिन्छ ।
कुम्भ :
यस राशिका जातकले शनिवार स–साना कुरामा रिसाउनबाट बच्नु पर्दछ । यस दिन आफ्नो बदलिँदो विचारमा हतारमा काम गर्नबाट पनि बच्नु पर्दछ ।
मिन :
यस राशिका जातकले शनिवार आफ्नो दिनचर्यामा परिवर्तन गर्ने प्रयास गर्नु पर्दछ । आर्थिक कार्यमा हुने चिन्ताबाट मन हटाएर व्यापारमा ध्यान दिनु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च