असुरकोटमा राष्ट्रिय जनमोर्चाको अगुवा कार्यकर्ता भेला सम्पन्न


टेकराज भुसाल ।
राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिका वार्ड नम्बर ५ को असुरकोटमा अगुवा कार्यकर्ता भेला शनिबार सम्पन्न भएको छ।

राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य झविलाल थापाले उद्घाटन गर्नुभएको भेलामा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका सचिव बाबुराम पन्थी,अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य ठाकुर पन्थी,भुमिकास्थान ५ का वडा अध्यक्ष तुल्सिराम बेल्वासे,कार्यपालिका सदस्य लक्ष्मी बिक लगायतले भेला सफलताको शुभकामना दिनुभएको थियो।

भेलाले युवक, किसान र जनजाति सम्मेलनको वडा समिति गठन गरेको छ । जस अन्तर्गत माधव बन्जाडे अध्यक्ष, डिल बहादुर बिक उपाध्यक्ष, सुमित्रा पराजुली (बेल्वासे) सचिव र शारदा बन्जाडे ( भण्डारी ) कोषाध्यक्ष रहेको १३ सदस्यीय अखिल नेपाल युवक संघ भुमिकास्थान ५ गठन गरेको छ।

त्यस्तै भेलाले श्यामलाल बेल्वासे अध्यक्ष, धन बहादुर थापा उपाध्यक्ष, भुवन श्रेष्ठ सचिव, हुमा बेल्वासे कोषाध्यक्ष रहेको १३ सदस्यीय अखिल नेपाल किसान महासंघ र लाल बहादुर पुलामि अध्यक्ष, तिलक थापा उपाध्यक्ष, लिल बहादुर सारु मगर सचिव, मतिकला राना कोषाध्यक्ष रहेको १३ सदस्यीय जनजाति सम्मेलनको गठन गरेको छ।

भेला राष्ट्रिय जनमोर्चा भुमिकास्थान ५ का अध्यक्ष हिमलाल बन्जाडेको अध्यक्षता, शिव बन्जाडेको स्वागत र राजु सुनारको संचालनमा सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च