पश्चिमी वायुको सामान्य प्रभाव :देशका केही स्थानमा वर्षा


काठमाडौं ।
देशका केही स्थानमा आज वर्षा भएको छ । हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको सामान्य प्रभाव छ ।

अहिले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ ।
प्रदेश नम्बर–१,वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले शनिबार साँझ सार्वजनिक गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज राति प्रदेश–१,मधेस प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश–१,वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा र मधेस प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

महाशाखाले प्रदेश–१,मधेस प्रदेश,वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।

यस्तै,पश्चिम तराईका भूभागहरूमा तापक्रम बढ्ने क्रममा रहेको हुँदा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च