चार प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना


काठमाडौं ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।

स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभावका कारण आइतवार बिहान प्रदेश १ र गण्डकी प्रदेशमा वर्षा भइरहेको मौसमविद वरुण पौडेलले जानकारी दिए।
यस्तै‚ प्रदेश १ मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहेको छ।

दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ।
बाँकी प्रदेशको मौसम सामान्यतः सफा रहने जनाइएको छ।

राति प्रदेश १‚ मधेश‚ गण्डकी र बागमती प्रदेशमा सामान्य बदली रही प्रदेश १ र गण्डकीका पहाडी भू–भागका एक वा दुई हल्का वर्षाको सम्भावना रहेको छ।

अन्य भू–भागमा मौसम सामान्यतः सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च