बुटवल ।
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बुटवल क्षेत्र सञ्चार माध्यमको हव रहेको बताएका छन् ।
नयाँ वर्ष २०७९ को अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आयोजना गरेको सञ्चार सवलिकरणका लागि अन्तरक्रिया तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले यस्तो बताएका हुन् ।
उनले भने–‘म यहाँ आएको त्यस्तै नौ महिना जति भयो,यस अवधीमा मैले दुईचार जना पत्रकार साथीहरु संग भेट गरेको छु, उहाँहरुले भन्दै हुनुहुन्थ्यो बुटवल मिडियाको हव हो ।आज यतिका धेरै पत्रकारहरुसँग जमघट हुने अवसर पाइयो, यो सहभागिताले पनि बुटवल साँच्ची कै मिडियाको हव रहेछ ,र सवल रहेछ भन्ने पुष्टि भयो ।’
उनले पत्रकारले नरुचाउने मान्छे वा संस्था आँखा नै नदेख्ने र कान नै नसुन्ने व्यक्ति जस्तै भएको टिप्पणी गरे ।
उनले अहिलेको संविधान संसारकै उत्कृष्ट भएको तर विभिन्न कारणले कार्यान्वय हुनु नसकेको समेत बताए ।