स्थानीय तह निर्वाचन :देशभर एक लाख चार हजार एक सय २३ जनाकोे उम्मेदवारी


काठमाडौं ।
आइतबार र सोमबार गरिएको मनोनयन दर्तामा देशभर गरी एक लाख चार हजार एक सय २३ जनाले उम्मेदवारी दिएका छन्।

स्थानीय तहका प्रमुखदेखि सदस्य पदसम्म गरी उक्त संख्यामा उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ।

वैशाख ३० मा हुने निर्वाचनका लागि आयोगले उम्मेदवारी दर्ता गर्न दुई दिनको समय दिएको थियो।

छ महानगर, ११ उपमहानगर र नगरपालिका प्रमुख पदमा गरी दुई हजार सात सय ४४ जना मेयर र एक हजार छ सय ९९ जना उपमेयरका लागि उम्मेदवारी परेको छ।

गाउँपालिका अध्यक्ष पदमा दुई हजार नौ सय ४१ र उपाध्यक्षमा दुई हजार २३ जनाले उम्मेदवारी दिएको आयोगले जनाएको छ।

वडाध्यक्षमा भने २५ हजार ६४ जनाबाट उम्मेदवारी दर्ता गरेको आयोगले जनाएको छ।

आयोगले सोमबार अपरान्ह ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय दिए पनि लाइनमा भएकाहरूलाई अबेरसम्मै उम्मेदवारी दर्ता गर्न दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च