ईपीएस समझदारी नवीकरणको पहल


काठमाडौं ।
श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार अनुमति प्रणाली (ईपीएस)को द्विपक्षीय समझदारी छिट्टै टुङ्गोमा पुग्ने जनाएको छ ।

सन् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको ईपीएस रोजगारीसम्बन्धी द्विपक्षीय समझदारीलाई छिट्टै टुङ्गोमा पु¥याउन दक्षिण कोरियास्थित नेपाली राजदूतावासमार्फत पहल भइरहेको मन्त्रालयले जनाएको छ ।

श्रम मन्त्रालयका सहसचिव राजीव पोखरेलले कोरोनाका कारण दुुई वर्षदेखि नेपाल र दक्षिण कोरिया सरकारबीचको श्रम समझदारीको नवीकरण हुन नसकेको चर्चा गर्दै नेपाली दूतावासमार्फत पहल भइरहेको जानकारी दिए । एक साताअघि नै सरकारले मस्यौदा पठाइसकेको उहाँले जानकारी दिए ।

सन् २००७ मा नेपाल र दक्षिण कोरिया सरकारबीच भएको रोजगार अनुमति प्रणालीसम्बन्धी द्विपक्षीय समझदारी पछिल्लो पटक सन् २०१८ मा नवीकरण भएको र त्यसपछि २०२० देखि नवीकरणको प्रक्रियामा रहेको छ श्रम मन्त्रालयले कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेका १० हजार नेपाली कोरिया जाने प्रक्रियामा रहेकाले उनीहरूलाई छिटो लैजाने व्यवस्था गर्न दक्षिण कोरिया मानव संसाधन विभाग (एचआरडी)मार्फत आग्रह गर्दै आएको छ ।

दक्षिण कोरियाले सन् २००८ देखि कोटा छुट्याएर नेपाली श्रमिक लैजाँदै आएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च