रैनादेबी छहरा गाउँपालिकाले ल्यायो कुल ६४ करोड ६९ लाख २५ हजार रुपैयाको बजेट

दिपक भट्टराई ,पाल्पा १० असार

पाल्पाको रैनादेवी छहरा गाँउपालिकाले आगामी आर्थिक बर्षका लागि कुल ६४ करोड ६९ लाख २५ हजार रुपैयाको बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिका उपाध्यक्ष युवराज थापाद्धारा प्रस्तुत आर्थिक बर्ष २०७९र८० को लागी गाउँ कार्यपालिका,वार्ड कार्यालय बिषयगत शाखाले गर्ने सेवा र कार्यहरुको लागी लागि ६४ करोड ६९ लाख २५ हजार रुपैयाको बजेट ल्याइएको हो ।

चालु खर्च वित्तीय व्यवस्था समेटिन गरी ४२ करोड २ लाख ७३ हजार त्यस्तै २२ करोड ६६ लाख ५२ हजार रूपैयाँ पूँजिगत खर्च रहेको छ ।
बजेट प्रस्तुत पछि उपाध्यक्ष थापाले जनताले अनुभुत गर्नेगरी सेवा प्रवाह तथा कार्यक्रमहरु संचालन गरिने बताउनुभयो । उहाँले नीति तथा कार्यक्रमले धेरै विषयहरु समेटेको बताउदै जनताको आयआर्जन वृद्धी हुने र समृद्ध रैनादेवी बनाउने योजना अनुरुप आर्थिक बर्ष २०७९र८० बजेट ल्याइएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा उठेका प्रश्नको जवाफ दिदै गाउँपालिकाका अध्यक्ष रुक्मागत भट्टराईले उज्यालो रैनादेवी, समृद्द रैनादेवी, धार्मीक र खेलकुद पर्यटनको गन्तव्य रैनादेवी” भन्ने नारालाई आत्मसात गर्दै रैनादेवी छहरा भित्रका नागरिकहरुलाई समृद्ध र आत्मनिर्भर बनाउन सम्पूर्ण प्रतिनिधिहरु फुटेर होइन जुटेर, वहुमतिय हैन सहमतिय अभ्यासवाट विकास निर्माणमा एकजुट भई अगाडि बढ्ने भन्दै पालिकाले जनताको कामलाई बढी प्राथमिकता दिएर अगाडी जाने बताउनु भयो ।उहाँले गाउँपालिकाले बजेट ल्याउनु ठुलो कुरा नभएको तर ल्याएको बजेट सहि कार्यानव्यन भएमा मात्र सफल भईने बताउनु भयो ।
गाउँ सभामा शुभकामना मन्तब्य राख्दै गाउँसभा सदस्य सुर्य कार्कीले प्रत्येक वार्डलाइ विकासको प्राथमिकताका आधारमा बजेट पर्नुले बिकासमा मद्धत पुग्ने बताउनुभयो । उहाँले ५ बर्षसम्म सबै क्षेत्रलाई समान ढंगबाट बिकासले समेट्नु पर्ने धारणा राख्नुभयो । त्यस्तै गाउँसभामा सभा सदस्य महेश बरालले आगामी ५ बर्षमा गाउँपालिकाले सुशासन, पारदर्शीता लाई ध्यानमा राखेर काम गर्न सुझाव दिनुभयो । गाउँपालिका अध्यक्ष रूक्मागत भट्टराईको सभापतित्व, उपाध्यक्ष युवराज थापाको बजेट भाषण बाट सुरु भएको भएको कार्यक्रम सहभागीको जिज्ञासा माथी छलफल गदै सर्वसहमतिले बजेट पारित गरी समापन भएको सुचना अधिकारी नारायण मल्ले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च