काठमाडौं, ३२ असार
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले विधानबमोजिम काम गर्न नसकेको आरोप लगाएका छन्।
शनिबार ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा भएको केन्द्रीय समितिको बैठकमा बोल्दै देउवाले विधानबमोजिम काम नगर्दा आफूहरूमाथि दोष आएको उनले बताएका हुन्।
नेविसंघलगायत चार भ्रातृ संस्थामा सभापति चयन गर्दा पनि आफूहरूसँग परामर्श नलिएको उनले बताए। भ्रातृ संस्थाले नेतृत्व पाइसकेपछि मात्रै आफूहरूले थाहा पाएको उनले बताए।
सभापतिजस्तै हामी पनि महामन्त्री जितेर आएको हो तर विधान कार्यान्वयन नहुँदा अपजस हामीमाथि पनि आउन थाल्यो,उनले भने,सभापतिले विधानअनुसार समिति गठन,विभाग गठनलगायत काम नगर्दा दोष हामीमाथि पनि आयो, यो राम्रो होइन। तुरून्त विधानबमोजिम गर्नुपर्ने काम गरौं।’
विधान कार्यान्वयन गरौं भनेर सभापतिलाई पटक पटक भेटेको पनि उनले सुनाए,त्यसरी भेटेर विधान अनुसार अघि बढौं भन्नु सभापतिलाई असहयोग गरेको भन्न नहुने उनको भनाइ थियो।