अर्घाखाँचीका कांग्रेस नेता काठमाडौमा कसले पाउला टिकट

भदौ ५, २०७९

अर्घाखाँचीका कांग्रेस नेता आगामी मंसीर ४ गते हुने संघीय तथा प्रदेशका टिकटका लागी आफु निकटका नेताहरुलाई भेट्न काठमाडौमा पुगेका छन । कांग्रेस नेता लेखनाथ पोखरेलले संघीय सांसदको टिकटको लागि आफु अन्तिमसम्म प्रयास गर्ने र यदि टिकट नपाएमा जस्ले पाउँछ उसैलाई जिताउन लाग्ने उदघोष गरे । उनले तरुण दल अर्घाखाँची–काठमाडौ सम्पर्क समितिको अन्तरक्रिया कार्यक्रममा आफु प्रदेश सांसदमा चुनाव नलड्ने बताए । पोखरेल महिना दिनयता काठमाडौमा नेताकहाँ धाइरहेका छन् । उपसभामुख पुष्पा भुसाल चुनाव लड्छु भनेमा अरुले पाउने आशा छैन । भुसाल समानुपातिकतिर गएमा टिकट कस्ले ल्याउने भन्ने आँकलन गर्न सकिँदैन । भुसालले आफु नै उम्मेदवार बन्ने आफु निकटका कार्यकर्तालाई बताइएकी छिन् ।
५ दलीय गठबन्धन भएपछि चुनाव जित्न सकिने कांग्रेस नेताको छ । संघीय सांसदको टिकट माग्न लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णुप्रसाद खनाल ९मुस्कान० सुक्रवार नै काठमाडौ पुगेर शीर्ष नेताहरु भेटघाट शुरु गरेका छन् । जिल्लामा प्रभावशाली रहेका उनलाई उम्मेदवार बन्न ५ दलीय गठबन्धनकै दवाव रहेको छ । मुस्कान उम्मेदवार भएमा टोपबहादुर रायमाझीलाई सहजै हराउन सकिने गठबन्धनका जिल्ला र गाउँ स्तरीय नेताको भनाई छ ।
स्वच्छ छविका कांग्रेस नेता मुक्तिराम श्रेष्ठलाई संघीय सांसदमा अघि सार्नुपर्ने लबिङ पनि भैरहेको छ । जिल्ला पाटीमा निर्विविवाद श्रेष्ठलाई चुनाव जिताउन सजिलो हुने भन्दै एक समुह लागि परेको छ ।
पूर्वराज्यमन्त्री रेवतीप्रसाद भुसाल, डा। रामबहादुर विसी पनि टिकटका लागि दौडधुपमा छन् । कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठ, उपसभापति विष्णुप्रसाद भुसाल, क्षेत्रीय सभापति राजेश पन्थी चुनावी माहोलका लागि काठमाडौं मै छन् ।
पूर्वजिल्ला सभापति कमलप्रसाद भुसाल पनि काठमाडौ आइपुगेका छन् । उनले प्रदेशसभा ९ख० को लागि लबिङ गरेका छन् । महाधिवेशन प्रतिनिधि सुर्यप्रसाद अधिकारी महिना दिनदेखि काठमाडौमा नेताहरुलाई भेटघाट गरिरहेका छन् । हालसम्म शितगंगा क्षेत्रबाट सांसदमा उम्मेदवार नभएकाले यसपाली अधिकारीलाई प्रदेश सांसदको उम्मेदवार बनाउन ठूलो समुह लागि परेको छ । अधिकारी उम्मेदवार भएमा शितगंगाबाट राम्रो मत पाउन सकिने र भारी मतले जिताउन सकिने दावी छ,तर मतदाताहरुले भने पटक पटक एउटै मानिस चुनाव लडेर जितेर गए पनि जिल्लामा केही उदाहरणिय काम नगरेको हुनाले यस पटक जो आए पनि नयाँ नेतृत्व आउनु पर्ने बताउदै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च