वगनासकाली गाउँपालिकामा तिज गीत प्रतियोगिता सम्पन्न

दयाराज न्यौपाने,

वगनासकाली गाउँपालिका पाल्पाले महिलाहरुको महान वर्प हरितालीका तिजको अवसर पारी पालिका स्तरीय तिज गित प्रतियोगिता सम्पन्न गरेको छ । हराउन लागेको कला र सस्कृतिको जर्गेना गर्न पालिकाले प्रतियोगिता आयोजना गरेको हो ।
बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले कला संस्कृति भेषभुसा र रितिरिवाजको संरक्षण सम्बर्धन गर्ने उदेश्यका साथ आयोजना गरेको बताउनु भएको छ । पालिका स्तरीय तिज गित प्रतियोगिताले आपसी सद्भाव कायम गर्ने सहयोग पुग्ने बिश्वास व्यक्त गर्नु भयो ।

परिवर्तन र बिकासका लागि महिलाको भुमिका बिसयमा सहभागीहरुले गित प्रस्तुति गरेका थिए। कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पाका उप प्रमुख कासिका गैरेले महिलाहरुको महान चाड हरितालिका तीजको अबसरमा मनोरञ्जन मात्र नभई महिलाहरु एकआपसमा घुल्मिल भई एकजुट भएर अगाडी बढ्दै हाम्रो कला संस्कृति र परम्परा र भेषभुसाको संरक्षण गरेको पहल गरेकोमा आभार व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा तिनाउ गाउँ पालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बगनासकालीको हरेक गतिविधि धेरै पालिकाले सिक्न लाएक भएकै बताउनु भएको छ उहाले भन्नु भयो महिलाको क्षेत्रमा पालिका गर्व गर्ने लाएक भएको बताउनु भएको छ।

कार्यक्रममा गाउँपलिकाका उपाध्यक्ष हरि प्रसाद पाठकले महिलाहरुको सहभागीताले हरेक काममा उत्साह थपेको बताउनु भयो ।
तिजगित प्रतियोगितामा पालिकाका नौ वटा वडाको टिम सहभागी भएका थिए। प्रतियोगितामा पुराना लोकलयमा आधारित तीज गीत, विकृति विसंगति, माथी प्रहारका नयाँ रचना र भेषभूषाका मौलिकतालाई बिशेष प्राथमिकतामा राखेर मुल्याङकन गरिएको निर्णायक मण्डलका संयोजक गणेश न्यौपानेले जानकारी दिनु भयो।

कार्यक्रममा शिव पार्वती महिला समुह बगनासकाली – २ पोखराथोक प्रथम स्थान हाँसिल गरेको छ । त्यसैगरी आर्यभन्याङ महिला समुह (३ नायरनमतलेश दोस्रो स्थान र कालिका आमा समूह (१ चिर्तुङधारा तेस्रो, समूह र कालिका स्वास्थ्य आमा समूह (४ खानिछापले सान्त्वना स्थान हाँसिल गरेको छ।
तिज गित प्रतियोगितामा प्रथम हुने टिमलाई १० हजार, द्वितीयलाई सात हजार पाँच सय, तृतीयलाई पाँच हजार र सान्त्वना हुने टिमलाई दुई हजार पाँच सय नगद र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो । प्रतियोगितामा बगनासकालीका प्रवक्ता टीका बहादुर थापा, तिनाउ गाउँपालिका प्रसासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठ, पत्रकार दयाराज न्यौपाने लगाएतले शुभकामना दिनुभएको थियो । तीन सय बढी महिला सहभागी रहेको तिजगित कार्यक्रममा वडा अध्यक्षहरु सदस्यहरु लगाएतको सहभागीता रहेको थियो । प्रतियोगिता बगनासकाली महिला समन्वय समितिका उपाध्यक्ष पेमा बश्यालको स्वागत मन्तव्य र समितिका सचिव उर्मिला कवर को संचालनमा चलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च