जानका न्यौपाने ,
पाणिनी पर्यटन समाज र ओम इन्टर्टेण्टमेण्ट प्रा.लि.को आयोजनामा भाद्र १० गते पाणिनि गाँउपालिकाको केन्द्र दुर्गाफाटको वरकारुखमा खुल्ला तिजगित प्रतियोगिता हुने गरी तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ । पाणिनिमा पर्यटन परिवर्द्धन तथा कला संस्कृति विकासको लागी विगत केही वर्षयता क्रियाशील संस्था पाणिनी पर्यटन समाजले यस वर्ष पनि महिलाहरुको महान पर्व हरीतालिका तिजको अवसर पारेर प्रतियोगीता को आयोजना गरीएको हो ।हराउन लागेको कला र सस्कृतिको जर्गेना गर्न प्रतियोगिता आयोजना गरिएको हो ।कला संस्कृति भेषभुसा र रितिरिवाजको संरक्षण सम्बर्धन गर्ने उदेश्यका साथ नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा आयोजना गरिएको आयोजकले जनाएका छ । कार्यक्रममा “महिला अधिकार र उत्थान”, “तीज पर्वको संस्कृति र महत्व”, “समृद्ध पाणिनी निर्माणको अभियान” र “महिला हिंसा विरुद्धको अभियान” बिषयलाई आधार वनाएर सहभागिता जनाउन प्रतियोगिलाई आग्रह गरीएको पाणिनी पर्यटन समाजका अध्यक्ष झबिन सुनामले जानकारी दिएका छन ।प्रतियोगीतामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टिमलाई नगद र प्रमाणपत्र सहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।