पाल्पा, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक पाल्पा शाखाले विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम गरेको छ । सामाजिक संस्थागत उत्तरदायित्वअन्तर्गत बैंकले जिल्लाको माथागढी गाउँपालिका चिदीपानीमा रहेको सौभाग्य माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।कार्यक्रममा रेसुङ्गा डेभलपमेण्ट बैंक पाल्पा शाखाका प्रबन्धक उप्रेन्द्र बस्यालले विद्यार्थीहरुलाई बैंकको महत्व, दैनिक जीवनमा बैंकिङ कारोबारका फाइदाहरु, भविष्यको योजना, बैंकबाट प्राप्त गरिने सेवा, सुविधा, बचत र यसका फाइदाहरु, कर्जा लिने प्रक्रिया, बैंकिङ क्षेत्रको विस्तारले अर्थतन्त्रमा पारेको प्रभाव लगायतका विषयमा विद्यार्थीहरुलाई जानकारी गराएका थिए । देश विकासका लागि बैंकको प्रमुख भूमिका हुने भएकाले थोपा थोपा गरेर बचत गर्नुपर्ने, बचत रकम बैकमा जम्मा गर्नुपर्ने प्रशिक्षक बस्यालले बताए ।
समयमै बैंकले विद्यार्थीलाई वित्तीय जानकारी दिएकोमा विद्यालयले खुसी व्यक्त गरेको छ । विद्यालय उमेरदेखि नै बालबालिकालाई वित्तीय ज्ञान, सीप अर्थात् वित्तीय साक्षरतारशिक्षा आवश्यक रहेकाले विद्यार्थीहरुमा वित्तीय जागरण गराउने उद्देश्यले बैंकले जिल्लामा साक्षरता कार्यक्रम गर्दै आएको छ । घरमा वित्तीय विषयका बारेमा छलफल नहुने र विद्यालयमा समेत वित्तीय ज्ञान,सीपका बारेमा नपढाइने भएकाले विद्यार्थीहरुमा वित्तीय साक्षरता आवश्यक रहेकाले विद्यालयहरुमा जानकारी गराउने गरिएको बैंकले जनाएको छ ।
राष्ट्रियस्तरको विकास बैंकको रुपमा रहेको बैंकले आफूलाई अब्बल बनाउँदै लगेको छ । बैंकले आर्थिक बर्ष २०८७र७९ मा अघिल्ला आर्थिक बर्षहरुमा भन्दा आफुलाई थप अब्बल बनाउदै लगेको छ । ८४ वटा शाखा कार्यालय, एक वटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम मार्फत बैंकिङ्ग सेवा प्रवाह गर्दै आइरहेको बैंकका लुम्बिनी प्रदेशमा मात्र ७१ वटा शाखा कार्यालयहरु रहेका छन् ।