तम्घास।
रेसुङ्गा बहुमुखी क्याम्पसमा आर्थिक संकटका कारण शैक्षिक क्षेत्रमा असर पुग्ने भएपछि रेसुङ्गा नगरपालिकाले यस आर्थिक सहयोग गरेको छ ।
नगरपालिकाले यो आर्थिक बर्षमा एक करोड आर्थिक सहयोग गर्ने भएको हो ।
सरकारी क्याम्पसको स्तर घट्दै गएको र क्याम्पसमा विद्यार्थीको आकर्षण बढाउन र शैक्षिक अवस्था सुधार गर्ने लक्ष्यका साथ नगरपालिकाले सहयोग गरेको नगरप्रमुख खिल ध्वज पन्थीले बताउनुभयो ।
साउन अन्तिम साता सञ्चालक समितिले आर्थिक सङ्कटकाल घोषणा गरेको थियो ।
गुल्मी मात्र नभएर आसपासका विद्यार्थीलाई पठनपाठनमा सहयोग पुग्ने उद्देश्यले सहयोग गरेको नगरप्रमुख पन्थीको भनाई छ ।
क्याम्पसलाई पुरानै लयमा फर्काएर नयाँ ढङ्गबाट जोगाउनका लागि नगरपालिकाले आगामी दिनमा पनि सहयोग गर्ने प्रमुख पन्थीले बताउनुभयो ।