राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाले सिफारिस गर्‍यो उम्मेदवार यी हुन् सर्वसम्मत सिफारिस नेता

तानसेन आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको उम्मेदवारहरूको नाम सिफारिस गरेको छ। राप्रपा पाल्पाको विभिन्न क्षेत्रबाट आएका सिफारिसहरूका आधारमा प्रत्यक्षतर्फ प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा ज्ञान बहादुर सिंजाली, क्षेत्र नं. २ मा भोजिन्द्र बहादुर कुवँरलाई सर्वसम्मत एकल नाम सिफारिस गरेको छ। समानुपातिकतर्फ डुल बहादुर कुवँर, डिलमाया रामजाली र विर्जु खातीको नाम सिफारिस गरेको छ। यसैगरी प्रदेशसभा सदस्यमा प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ क मा वृहस्पति अर्याल, क्षेत्र नम्बर १ ख मातुल्सी प्रसाद श्रेष्ठ, क्षेत्र नम्बर २ क मा राजु गैरे, क्षेत्र नम्बर २ ख मा चक्रपाणी पौडेलको सर्वसम्मत एकल नाम सिफारिस गरेको छ।

प्रदेशसभा सदस्य समानुपातिकतर्फ क्षेत्र नम्बर १ क मा गायत्री न्यौपाने र राजेन्द्र ढकाल क्षेत्र नम्बर १ ख मा डुल बहादुर गाँहा र यम बहादुर विश्वकर्माको नाम सिफारिस गरेको छ। क्षेत्र नम्बर २ क मा कपिल ढुङ्गाना, शान्ती परियार, महमद इमरान खान, मान बहादुर नेपाली, भानु कुमार बज्राचार्य, देवी प्रसाद न्यौपाने अपाङ्ग. र माधव पराजुली र क्षेत्र नम्बर २ ख मा मिन बहादुर कुवँरको नाम सिफारिस गरेको पार्टीका जिल्ला अध्यक्ष डुल बहादुर कुवँरले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च