एक वर्षमा अख्तियारमा २४ हजार ३ सय बढी उजुरी

काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धानले आयोगले अघिल्लो आर्थिक वर्षमा ७० दलमलव ६ प्रतिशत उजुरी फछर्यौट भएको जनाएको छ।

अखितयारले बुधबार वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै २४ हजार ३ सय ३१ कूल उजुरीमध्ये १७ हजार १ सय ६९ अर्थात ७० दलमलव ६ प्रतिशत उजुरी फछर्यौट भएको जनाएको हो।

जसअनुसार प्रारम्भिक छानबिनबाट तामेली ५ हजार ३ सय २, सुझावसहित तामेली ४ सय ७४, विस्तृत अनुस्न्धान गर्ने निर्णय भएको ८ सय २३ र अन्य आवश्यक कारबाही भएको उजुरीको संख्या १० हजार ५ सय ७० रहेको अख्तियारले जनाएको छ।

अख्तियारका अनुसार भ्रष्टचारसम्बन्धी सबैभन्दा बी उजुरी मधेस प्रदेशमा रहेको छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा रहेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए।

त्यस्तै सबैभन्दा बढी मुद्दा सार्वजनिक सम्पत्तिको हानिनोक्सानी सम्बन्धी रहेको अख्तियारले जनाएको छ। अख्तियारले बुधबार नै वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च