तम्घास ।
दशैको टीका लगाउन माइत जाने क्रममा एक महिलालाई खोलाले बगाउँदा मृत्यु भएको छ ।
गुल्मीको धुर्कोट गाउँपालिका ५ वस्तुकि ४१ वर्षीया लक्ष्मी कुवरको खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक श्याम प्रकाश यादवले जानकारी दिए ।
बुधवार साँझ ६ बजे तिर आफ्नो घर वस्तु बाट माइतीघर धुर्कोट गाउँपालिकाको पिपलधारा जाने क्रममा अरौदीं खोलाले बगाएर उनको मृत्यु भएको हो ।
कुवरको शव करिब एक किलोमीटर तल भेटिएको प्रहरीले जनाएको छ । लगातारको बर्षका कारण दशैं संगै दैनीकी समेत प्रभावित बनेको छ ।