देशको पश्चिमी भू–भागमा अझै तीन दिनसम्म पानी पर्ने अनुमान

काठमाडौं ।
देशको पश्चिमी भू–भागमा अझै तीन दिनसम्म पानी पर्ने अनुमान गरिएको छ।

मध्यपश्चिम बंगालको खाडी र आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभावले पश्चिमी भेगमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाखाशाका अनुसार आज देशभर आंशिकदेखि पूर्ण बदली रही सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना छ।
बाँकी ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

हाल प्रदेश १ मधेशमा आंशिक देखि सामान्य बदली रही प्रदेश १,बागमती,गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

त्यस्तै आइतबार र सोमबार पनि लुम्बिनी सुदूरपश्चिम साथै कर्णाली कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाका साथै
यी प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको हुने महाशाखाको प्रक्षेपण छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च