तानसेन। आगामी मङसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेकपा एमाले पाल्पाका उम्मेदवारहरु मत माग्न जनताको घरदैलोमा पुगिरहेका छन् । उम्मेदवारहरुले मतदाता सामु आफ्नो पार्टीको घोषणा पत्र सहित स्थानीय समुदायको गुनासा र समस्याहरुलाई टिपोट गर्दै आफूहरुले उक्त समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
पाल्पा क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायण प्रसाद आचार्य बिहीवार रामपुर नगरपालिकाका विभिन्न वडाका मतदाताहरुलाई भेट्न व्यस्त रहनुभयो । मतदाताहरु सामु आफ्नो प्रतिबद्धता वयक्त गर्दै उम्मेदवार आचार्यले पूर्वी पाल्पा आफैमा पनि धेरै क्षेत्रमा सम्भावना बोकेको क्षेत्र भएकोले यहाँको कृषि, पशुपालन तथा यवा उद्यमशीलताका लागि आफूले विगतदेखि नै पहल गर्दै आएको र आगामी दिन थप पहल गर्ने बताउनुभयो । उहाँले बाह्रै महिना चल्ने मोटरबाटोको बिस्तार, सहज स्वास्थ्य सुविधा, सबै वडाहरु र टोल टोलसम्म टेलिकम सेवा सहित इन्टरनेटको पहँुच बृद्धिका लागि आफ्नो भूमिका महत्वपूर्ण रहने बताउनुभयो ।
त्यस्तै पाल्पा क्षेत्र २ प्रतिनिधिसभाका उम्मेदवार ठाकुर गैरे केही दिन देखि रैनादेवी छहराका विभिन्न वडाहरुमा घरदैलो तथा भेटघाटमा व्यस्त हुनुहुन्छ । छहराबासीहरुसँगको भेटघाटका क्रममा उम्मेदवार गैरेले यसअघिका निर्वाचनमा पटक पटक जितेर पनि जनताको पक्षमा केही गर्न नसकेका व्यक्तिहरुबाट आजित मतदाताहरुले अहिले एमालेले नयाँ र युवा उम्मेदवारहरुलाई अगाडि बढाउँदा मतदाताहरु पनि खुशी भएको बताउनुभयो ।
उहाँले आफू यसअघि कुनै संसदीय निर्वाचनमा सहभागी नभएको पहिलो पटक उम्मेदवार बनेकोले पनि आम मतदाताहरुले विश्वास गरि निर्वाचित गराउनेमा विशस्त रहेको बताउनुभयो ।
पाल्पा क्षेत्र नं.१ (१) का प्रदेशसभा सदस्यका उम्मेदवार राजुप्रसाद श्रेष्ठ पनि मतदाताहरु भेट्न घरदैलोमै व्यस्त रहनुभएको छ । श्रेष्ठले रामपुर क्षेत्रमा रहेको खानेपानी स्वास्थ शिक्षा मोटरबाटो पुल निर्माण तथा विद्यतुीकरण लागयतका विषयमा मतदाताहरुकै सुझाव बमोजिम काम गर्ने प्रतिबद्धता जनाउनुभयो । क्षेत्र नं. १ (२) का उम्मेदवार खेम बहादुर सारु पनि माथागढी ५ हात्तीलुङका टोलहरुमा घरदैलोमा व्यस्त रहनुभयो । मतदाताहरुसँगको भेटघाटमा उम्मेदवार सारुले यस क्षेत्रमा अहिले पनि सूचना तथा सञ्चार सेवा पूर्ण नभएको नेपाल टेलिकमको नेटवर्क समेत राम्रो नदेखाउने भएकोले उक्त समस्या समाधानका लागि आफ्नो प्रमुख भूमिका रहने बताउनुभयो । मतदाताहरुले उम्मेदवार सारुलाई सुझाव समेत दिएका छन् । मतदाताहरुले विकास निर्माणको काम मिहिन रुपमा लैजानुपर्ने । विकासमा राननीति गर्न नहुने समेत सुझाव दिए । उम्मेदवार सारुले आफू पहिलो पटक उम्मेदवार भएकोले निर्वाचित भएपछि जनभावना अनुसार नै काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
पाल्पा क्षेत्र नं. २(१) का प्रदेशसभा सदस्यका उम्मेदवार परशुराम भट्टराई तानसेन नगरपालिका वडा नं. १३ छर्लुङका मतदाताहरुसँगको भेटघाटमा व्यस्त रहनुभयो । उहाँले मतदाताहरु सामु छेर्लुङको सबै राम्रो सम्भावना भनेकै कृषि तथा पशुपालन रहेकोले यस क्षेत्रलाई कृषि पशुपालनको पकेटक्षेत्र बनाई स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो । “छेर्लुङका बोटे जातिहरुको उन्नयनका लागि ठोस कार्यक्रम बनाउँछौ, करिडोर पूर्ण सञ्चालनमा आएपछि यो गाउँले फड्को मार्छ ।” उहाँले भन्नुभयो । तत्कालीन अर्गली गाविसका पूर्व अध्यक्ष समेत रहनुभएका भट्टराई यस क्षेत्रका लोकप्रिय नेता समेत हुनुहुन्छ ।
पाल्पा क्षेत्र नं. २ (२)का प्रदेशसभा सदस्यका उम्मेदवार ओमबहादुर घर्ती पनि बिहीवार रैनादेवी छहराका विभिन्न वडाहरुमा घरदैलोमा व्यस्त रहनुभयो । तिनाउँ गाउँपालिकाका निवर्तमान अध्यक्ष समेत रहनुभएका घर्तीले पश्चिम पाल्पालाई अम्लिसो, दालचिनीको पकेट क्षेत्र बनाई यहाँका किसानहरुलाई उद्यमशील बनाउनेमा आफू लागिपर्ने बताउनुभयो । कुरिलो, अकवरे खुर्सानी, अदुवाको पकेट क्षेत्र बनाई किसानहरुलाई थप व्यवसायिक बनाउन पहल गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पाल्पा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ठाकुर गैरेले किसानको उत्पादनलाई उचित मुल्य पाउन नस्क्नु दुःखद भएको बताउनु भएको छ । बिचौलिया मोटाउने ब्यवस्था को अन्त्य हुने कामको थालनी हुनु पर्नेमा जोड दिनु भएको छ रैनादेवी छ्हराको घर दैलोमा बोल्दै उमेदवार गैरेले स्थानीय रैनादेवी मन्दिरको बिकास संगै धार्मिक पर्यटनको बिकासमा निर्वाचित भए पश्चात् अवास्यक काम गर्नी बताउनु भयो ।
जनताले उठाएका बाटो ,कृषि सडक लगाएतका मागको सम्बोधन आफुले गर्ने प्रतिवद्द्ता गर्नु भयो ।
रैनादेवी छहरागाउँपालिकाको ४ छहरा दागिल , गोल्ङ्सा ,मेहाल्ढाप , छहरा लगाएतका ठाउमा घरदैलो अभियानका क्रममा नेता गैरेले यस्तो बताउनुभएको हो ।
स्थानीय बिस्नु बहादुर कुवरले यस अघि निर्वाचित जनप्रतिनिधि बाट जन अपेक्षा अनुसार काम नभएको गुनासो गर्नु भयो ।
२०४६ देखि धेरै लाई भोट दिइयो तर अहिले सम्म केही भएन अब के हि हुनु पर्यो सधै जनतालाइ झुक्याएर पुर्व जनप्रतिनिधिले अपमान गरेको स्थानीय सीता खत्रीले गुनासो गर्दै अब त्यस्को समाधान ठाकुर गैरेले गर्नु पर्छ ।
स्थानीय मनिस खत्रीले दागिल हुँदै हरिआप पाडिनी हुँदै जाने कृषि मार्ग लाई ब्यवस्थित बनाउन पहल गर्नु पर्द्छ जुन बाटो बाट उत्पादन भएका उपज निकासीमा सहज हुने उहाको भनाइ छ।
कार्यक्रममा पाल्पा निर्वाचन क्षेत्र नं. २ ख का उम्मेदवार ओम बहादु घर्तीले अमलावास फेदियार कचल हुदै बुटवल जाने बाटो निर्माण प्रस्चात पश्चिम् पाल्पाको बुटवल सम्म सोझो संवन्ध हुने बताउदै स्थानीय जनताले राखेर माग सम्बोधन गर्ने बताउनु भएको छ ।
कार्यक्रममा एमाले लुम्बिनी प्रदेश सदस्य रामबहादुर राउतले बिकासका काममा सदैव ठाकुर गैरेले स्वछ छ्बी भएको नेताको रुपमा रहेको बताउदै लअ िकरको रकम उठाउने कार्यमा गरेको कार्य प्रसंनिय रहेको बताउनु भयो । नेकपा एमाले जिल्ला सचीव रामजी पोखरेल ,जिल्ला सचिवालय सदस्य दिपक बिक ,कृष्ण प्रसाद अधिकारी लगाएतको घरदैलोमा सहभागीता रहेको थियो । भोलिको कार्यक्रम रैनादेवी छहरा गाउँपालिकाका २ सोमादी र ५ मुझुङमा कार्यक्रम रहेको रैनादेवि छहराका एमाले अध्यक्ष राम प्रसाद ज्ञवाली जानकारी दिनुभयो ।