तानसेन। गठबन्धनका तर्फबाट पाल्पा क्षेत्र नं २ प्रतिनिधि सभा सदस्यका उम्मेद्वार सोम प्रसाद पाण्डेयले गठबन्धनका उम्मेदवार घरदैलोमा जाँदा जनतामा छुटटै उत्साह थपिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘ मतदाता उत्साहीत छन, हामी घरदैलोमा जादा मतदातामा खुसी झल्किएको थियो ।
जनताको साथ र विश्वासका कारण आफुलाई गठबन्धनले उम्मेद्वार बनाएको बताउदै नेकपा एकीकृत समाजवादीका लुम्बिनी अध्यक्ष समेत रहनुभएका नेता पाण्डेयले तानसेन ९ मदनपोखराको डाँडाडुममा सम्बोधन गर्दै पाल्पाली जनताले विश्वास गरेकै कारण गठबन्धनको नेतृत्व गर्दै अघि बढेको बताउनुभएको हो । नेता पाण्डेयले पाल्पामा लामो समय सांसद भएर विभिन्न विकास निर्माणका काममा सहकार्य गरेर अगाडी बढेको बताउनुभयो । नेता पाण्डेयले मदनपोखराको अम्लिहानमा पोलिटेक्निकल कलेज स्थापना गर्न लामो कसरत गर्नुपरेको भन्दै यसका कारण मदनपोखरा देशकै शैक्षिक हब बनेको बताउनुभयो । पाण्डेयले मदनपोखरा देखि डाँडाडुम जोड्ने डिल बहादुर मार्ग अम्लेहान, तिनपिप्ले, आरुखर्क, दमकडा आर्यभञ्ज्याङ्ग सडकमा पटक पटक बजेट विनियोजन गरेर स्तरोन्नती भईरहेको र यो आर्थिक बर्षमा पनि कार्यसम्पन्न हुने गरि प्रशस्त बजेट छुट्याएको बताउनुभयो । नेता पाण्डेयले आफ्नो कर्मभूमी मदनपोखराको विकासका लागि डिल बहादुर मार्गको स्तरोन्नती गर्न ४० करोड बजेट विनियोजन गरेको र थप कामका लागी बजेटको कुनै कमी हुन नदिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । यो बजेट अहिलेसम्मकै यस क्षेत्रको सबैभन्दा ठूलो बजेट भएको नेता पाण्डेयले दावी गर्नुभयो । नेता पाण्डेयले यो सडक स्तरोन्नती भएपछि यहाँका नागरिकको जिवनपद्धती नै परिवर्तन हुन सहयोग पुर्याउने बताउनुभयो । पाण्डेयले विकास निर्माणको काममा गरेको योगदानकै कारणले पाल्पाली जनताले पुन सांसदमा निर्वाचित गर्ने विश्वास व्यक्त गर्नुभयो । नेता पाण्डेयले आफू पदमा रहेपनी नरहेपनी पाल्पाको विकासमा सदैव लागिपरेको बताउनुभयो । ओलिको निरंकुश र असंबैधानिक कदम विरुद्ध पार्टी विभाजन गर्नुपरेको बताउँदै नेता पाण्डेयले संविधान रक्षाको लागि गठबन्धन गर्नुपरेको बताउनुभयो । नेता पाण्डेयले २०५१ सालदेखी जनताको ईच्छ्या अनुसार विकासका काममा लागिपरेको भन्दै अब मंसिर ४ पछिको गठबन्धनको सरकारले आर्थिक समृद्धिका कार्यक्रम ल्याउने बताउनुभयो ।
कार्यक्रममा गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र नं २ (१) उम्मेद्वार वीर बहादुर रानाले पाल्पामा गठबन्धनको जित सुनिश्चित भएको बताउनुभयो । नेता रानाले लामो समय राजनैतिक रुपमा महत्वपुर्ण योगदान दिएका नेताहरु उम्मेद्वार भएका कारण पाल्पाली जनताले विजयी बनाउनेमा विस्वस्त रहेको बताउनुभयो । नेता रानाले नेकपा एमालेले असंवैधानिक कदमको साथ दिएकाले जनता त्यसका विरुद्ध गठबन्धनको साथमा रहेको बताउनुभयो ।