रुपन्देही । नेकपा एमालेले लुम्बिनीमा रहेका २६ संघीय निर्वाचन क्षेत्रमा २२ र प्रदेशका ५२ क्षेत्रमध्ये ४७ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार खडा गरेको छ । यसअघि प्रदेशसभामा बहुमत २८ सीट ल्याएको एमालेका लागि यसपटक विरासत जोगाउन चुनौती छ ।पाँच वर्षअघि गठबन्धनमा रहेको माओवादी केन्द्र र पार्टीमै रहेको एउटा समूह नेकपा एस बनेर कांग्रेससँग गठबन्धनमा गएकाले एमालेलाई प्रदेश सभामा बहुमत जुटाउन संकट छ । यद्यपि एमालेका लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल भने प्रत्यक्षमा आधा सीट जित्ने दाबी गर्छन् ।
एमालेले संघका २६ मध्ये राप्रपालाई रुपन्देही ३ र बाँके २ छाडेको छ जसपालाई रुपन्देही ४ छोडेको छ भने हृदयेश त्रिपाठीको जनता प्रगतिशीललाई नवलपरासी १ छाडेर २२ क्षेत्रमा उम्मेदवारी दिएको छ ।
५२ वटा प्रदेशसभा सीटमध्ये केहीमा भने राप्रपा र जसपासँग तालमेल गरेको छ । प्रदेशका तीन सीट राप्रपा, दुई सीट जसपालाई छाडेको छ । एमाले प्रदेश अध्यक्ष कंडेलका अनुसार राप्रपालाई रुपन्देहीको १ को १, ३ को १ र बाँकेको १ को १ तथा जसपालाई रुपन्देही ४ का २ र पश्चिमनवलपरासीको २ को २ दिएर अन्य ४७ सीटमा एमालेका उम्मेदवार मैदानमा छन् ।
एमालेबाट लुम्बिनीको सम्भावित मुख्यमन्त्री लीला गिरी हुन् । गिरी पार्टी पोलिटब्यूरो सदस्य तथा प्रदेशको सहइन्चार्ज हुन् । अहिले प्रदेशमा उम्मेदवार बनेकामध्ये उनी सिनियर नेतामा पर्दछन् । नेताहरूले उनलाई ग्रिन सिग्नल दिएको भनिएपनि उनले गिरी आफैले त्यो विषय निर्वाचनपछिको कुरा भएको बताउँछन् । नेकपाकालमा उनी प्रदेश कमिटी अध्यक्ष बनेका थिए । उनीसँगै प्रदेश उपाध्यक्ष तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठ, नेता दधिराम न्यौपाने, दाङका घनश्याम पाण्डे मुख्यमन्त्रीका लागि संभावित उम्मेदवार हुन् ।
लुम्बिनीमा संघीय सांसद बनिसकेका नेताहरु भने प्रदेशमा उम्मेदवार बनेका छैनन् ।
नेकपाकालमा माओवादीबाट एमालेमा रहेकामध्ये सचिव टोपबहादुर रायमाझी अर्घाखाँचीबाट, रोल्पाबाट पूर्वमाओवादी कमाण्डर पूर्णबहादुर बुढामगर र रुकुमपूर्वबाट कैलासकुमार मल्ल प्रतिनिधि सभामा उम्मेदवार बनेका छन् भने प्रदेशसभामा रुपन्देहीमा दधिराम न्यौपाने, गुल्मीमा दिनेश पन्थी, बाँकेमा दुर्गाप्रसाद थारु उम्मेदवार बनेका छन् ।
यी हुन् प्रतिनिधिसभाका उम्मेदवार
रुपन्देही-१ छविलाल विश्वकर्मा
रुपन्देही-२ विष्णुप्रसाद पौडेल
रुपन्देही-५ वासुदेव घिमिरे
दाङ-१ मा शान्ता चौधरी
दाङ-२ मा शंकर पोखरेल
दाङ-३ मा कोमल वली
बाँके-१ मा सूर्यप्रसाद ढकाल
बाँके-३ मा किस्मतकुमार कक्षपति
कपिलवस्तु १ मा बलराम अधिकारी
कपिलवस्तु २ मा वृजेशकुमार गुप्ता
कपिलवस्तु-३ मा मंगलप्रसाद गुप्ता
बर्दिया-१ मा लक्ष्मणराज ज्ञवाली
बर्दिया-२ मा पंकजसिंह राठौर
गुल्मी-१ मा प्रदीपकुमार ज्ञवाली
गुल्मी-२ मा गोकर्णराज विष्ट
पाल्पा-१ मा नारायणप्रसाद आचार्य
पाल्पा-२ मा ठाकुर गैरे
पश्चिमपरासी-२ मा दीपेन्द्रकुमार अधिकारी
अर्घाखाँची टोपबहादुर रायमाझी
रोल्पाबाट पूर्णबहादुर बुढामगर
प्यूठानबाट सूर्यबहादुर थापा
रुकुमपूर्व कैलासकुमार मल्ल
यी हुन् प्रदेश सभाका उम्मेदवार
रुपन्देही १ (१) दधिराम न्यौपाने (२) राप्रपा तालमेल)
रुपन्देही-२ (१) लीला गिरी र (२) भोजप्रसाद श्रेष्ठ
रुपन्देही-३ (१) तालमेल जसपा, (२) मा तुलसीप्रसाद चौधरी
रुपन्देह-४ (१) मा हजरत अलि र (२) जसपा तालमेल
रुपन्देही-५ (१) भूमिश्वर ढकाल र (२) रामचन्द्र यादव
दाङ-१ (१) गंगाराम भट्टराई र (२) कुलप्रसाद केसी
दाङ-२ (१) बलिभद्र राना र (२) गिरिराज केसी
दाङ-३ (१) घनश्याम पाण्डे र (२) हुकुमबहादुर बस्नेत
बाँके-१ (१) तालमेल राप्रपा, (२) दुर्गाप्रसाद चौधरी
बाँके-२ (१) विजय यादव र (२) निरजबहादुर गुरुङ
बाँके-३ (१) रत्नबहादुर खत्री र (२) भीमबहादुर वली
कपिलवस्तु-१ (१) विष्णु पन्थी र (२) मधुसुधन चौधरी
कपिलवस्तु-२ (१) नवराज लामिछाने र (२) धर्मबहादुर लाल श्रीवास्तव
कपिलवस्तु-३ (१) अर्जुनकुमार रेग्मी र (२) रजाउर रहमान खाँ
बर्दिया-१ (१) शालिकराम अधिकारी र (२) भक्तबहादुर विक
बर्दिया-२ (१) लहनु चौधरी र (२) कृष्णी थारु
गुल्मी-१ (१) चिन्तामणि पाण्डे र (२) फर्सूराम पाण्डे
गुल्मी-२ (१) डिल्लीराज भुसाल र (२) दिनेश पन्थी
पाल्पा-१ (१) राजुप्रसाद श्रेष्ठ र (२) खिमबहादुर सारु
पाल्पा-२ (१) पर्शुराम भट्टराई र (२) ओमबहादुर घर्ती
पश्चिमनवलपरासी-१ (१) पुन्यप्रसाद पौडेल र (२) दीपकराज शर्मा
पश्चिमपरासी-२ (१) मणिप्रसाद गैरे र (२) तालमेल जसपा
अर्घाखाँची प्रदेशसभा (१) चेतनारायण आचार्य र (२) रामजीप्रसाद घिमिरे
रोल्पा प्रदेशसभा (१) कमल बुढाथोकी र (२) प्रेमबहादुर घर्तिमगर
प्यूठान प्रदेशसभा (१) तुलसीराम शर्मा र (२) हरिप्रसाद रिजाल
रुकुमपूर्व प्रदेशसभा (१) तेजेन्द्र बुढामगर र (२) भावना बुढाथोकी