सालझण्डी-अर्घाखाँची ढोरपाटन बारे भ्रम र यथार्थ

नारायण घिमिरे `भावुक´
जब जब संघको निर्वाचन नजिक नजिक आउन्छ तब अर्घाखाँचीमा ढोरपाटन सडकको विषय तातिरहेको हुन्छ । निर्वाचन प्रचारको लागी खेलौना बनेको ढोरपाटनले यदि धर्म जिवित छ भने कस्लाई कति श्राप दिने हो तुलना बाहिरको विषय छ । १६ वर्ष अगाडी DPR भएको ढोरपाटनको स्तर जनताले देखेकैँ छैन, त्यसैले धेरै प्रचार नगरौं निर्वाचनमा भोट घट्लान ! बजेट विनियोजनको कुरा गर्ने हो भने बजेट कसैको खल्तिको होइन जनताकै कर बाट जम्मा हुने रकम हो । यसको दुरुपयोग गर्नु र यसका नाममा भ्रम फिजाउनु जनताका पसिनाको श्राप हो । यसबारे धेरै चासो त निर्वाचन प्रचारको लागि तानातानको माहोलले निम्त्यायो ! ईतिहास पल्टाउँदा अनि सम्बन्धित केही सरोकारवाला सँग यस बारे प्रश्न गर्दै त्यसको प्रमाण खोजिरहेँ । निष्कर्षमा अर्घाखाँचीका सबै नेताहरु बाट सकारात्मक सहयोग भएको रहेछ । चाहे पुष्पा भुसाल हुन् त चाहे पम्फा भुसाल र टोपबहादुर रायमाझी । यसबारे भ्रम छार्दै २ को ६ बनाएर प्रचार गर्नु नकारात्मक नै होला । बजेट र सुरुवाती कै कुरा गर्ने हो भने जनआन्दोलनबाट पुनर्स्थापित अन्तरिम सरकार (नेपाली काङ्ग्रेसको सरकार) मा अर्थमन्त्री रामशरण महत र प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला हुँदा अर्घाखाँचीकि नेतृ पुष्पा भुसालको नेतृत्वमा उनका बुवा काशिनाथ गौतमले रेखांकन गरेको सालझण्डि अर्घाखाँची ढोरपाटन सडकखण्ड DPR को लागि आर्थिक वर्ष २०६३/६४ को बजेट बाट जम्मा रु.९ लाख रुपैयाँ विनियोजन भएको थियो । अहिले हामी २०७९ को संघ र प्रदेश निर्वाचनको सम्मुखमा छौँ । सडकखण्ड डिपिआर भएपछिको १६ वर्षको समयावधिमा अनेकौं सरकारहरु बने । योजना ठूलो तर बजेट निरन्तर तर कम पर्नेहुँदा १६ वर्ष सम्म पनि सडकको स्तरोन्नति हुन सकेको छैनं । पुन अहिले : नेपाली काङ्ग्रेस नेतृत्वको सरकार भएपश्चात् ढोरपाटन सडकको लागि माननिय पुष्पा भुसालको पहलमा मैदान सम्म पिँचको लागि बजेट विनियोजन गरि ठेक्का समेत दिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च