गठबन्धनका साझा उम्मेदवार तथा पाल्पा क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य सोमप्रसाद पाण्डेयले पार्टीहरु मिल्नै पर्ने अवस्थामा गठबन्धन गरिएको बताएका छन् । उनले अहिलेको गठबन्धन कसैलाई मन्त्री, प्रधानमन्त्री बनाउनका लागि नभएको भन्दै देशले मागेका कारण गठबन्धन गरिएको बताए । पाण्डेले तानसेनको युवा भेला र पाल्पाको रैनादेवी छहराका विभिन्न स्थानमा भएको घरदैलो कार्यक्रमपछिको कोण सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले काँग्रेस र कम्यूनिष्ट पार्टी मिल्दा नै २०४७ सालमा बहुदल ल्याउन र २०६२÷६३ मा गणतन्त्र ल्याउन गठबन्धनको आन्दोलनहरु सफल भएको भन्दै अहिलेको गठबन्धन पनि त्यसैको उपज रहेको बताए । उनले अहिलेको गठबन्धन भनेको संविधान सभाबाट निर्माण गरिएको लोकतान्त्रिक संविधानको रक्षा र कार्यान्वयनको लागि गरिएकाले गठबन्धनलाई ढुक्क भएर मत दिन आग्रह गरे । उनले व्यक्तिगत स्वार्थका लागि जनतालाई दिग्भ्रमित नपार्न एमालेले चेतावनी समेत दिए । उनले पाल्पाको विकासमा आफूले जनताको हरेक सुख, दुखमा साथ दिएका कारण पनि यस पाली संक्रमणकालिन अवस्थामा आफूले जित्नै पर्ने बताए । उनले विपक्षी नेताहरुसँग कुनै एजेन्डा नभएपछि जनतलाई दिग्भ्रमित गर्ने खालको काम गर्ने गरेकाले त्यस्ता भ्रममा नपर्न सबै मतदताहरुलाई आग्रह गरे ।