क्यान महासंघ पाल्पाको आठौं साधारण सभा तथा अधिवेशन सम्पन्न,अध्यक्षमा सारु

दिपक भट्टराई
कम्प्यूटर एसोसियन नेपाल –क्यान. महासंघ पाल्पाको आठौं साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ ।पाल्पाको तानसेनमा सम्पन्न चौथो अधिवेशनले थमनबहादुर सारुको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति चयन समेत गरेको छ । जसको उपाध्यक्षमा पुण्य सुवेदी, सचिव सुदिप पौडेल, कोषाध्यक्ष सुनिता अधिकारी, सहसचिव महेन्द्र पोखरेल रहनुभएको छ ।
यस्तै सदस्यहरुमा अमृत अधिकारी, गोपाल गैरे, रोशनीमाला बज्राचार्य रहनुभएको निर्वाचन अधिकृत नारायण ज्ञवालीले जानकारी दिनुभयो ।निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन अधिकृत नारयाण प्रसाद ज्ञवाली र निर्वाचन मण्डलका सदस्य गंगाबहादुर खत्रीले बधाई तथा शुभकामना दिनुभयो । साथै निर्वाचित पदाधिकारीसँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता केन्द्रीय अध्यक्ष कुँवर, केन्द्रीय सदस्य श्रेष्ठ र प्रदेश सहसचिव शर्माले गर्नुभयो । नव निर्वाचित अध्यक्ष सारुले सबैलाई समेटेर संस्थाको हित र प्रर्वद्धनमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा कम्प्यूटर एसोसियन नेपाल –क्यान. महासंघका अध्यक्ष नवराज कुँवरले डिजिटल नेपाल फ्रेमवर्कलाई साकार बनाउनुपर्ने बताउनुभएको छ । आफू अध्यक्षमा निर्वाचित भएपछि सरकार समक्ष प्रस्तुत गरेको डिजिटल नेपाल फ्रेमवर्कले सूचना प्रविधिको क्षेत्रमा विभिन्न ८० वटा क्षेत्रमा काम गर्ने बताउनुभयो ।

उहाँले सूचना प्रविधिको विकास विना देशमा अन्य विकासहरु र परिवर्तन समेत असंभव रहेकोले सोही अनुसारको नीति निर्माण गरेर कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । क्यान महासंघ पाल्पाको ८ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन उद्घाटन गर्दै कुँवरले सूचना र प्रविधिको प्रयोगले नै देशमा सुसासन र पारदर्शीता तथा कार्यबोझ कम हुने र भ्रष्टाचार समेत न्यूनिकरण हुने बताउनुभयो ।
क्यानका केन्द्रीय सदस्य नारायण श्रेष्ठले सरकारले इ–गर्भमेन्सको कुरा गर्ने तर व्यवहारमा प्राविधिक कर्मचारीहरुको व्यवस्थापन गर्न नसक्नु दुखद रहेको बताउनुभयो । प्रदेश सहसचिव महेश शर्माले क्यान महासंघ पाल्पाको इतिहास राम्रो भएको भएता पनि पछिल्लो समयमा समस्या रहेको भन्दै आगामि नेतृत्वले त्यसमा सुधार ल्याउनुपर्ने बताउनुभयो ।कार्यक्रम कार्यवाहक अध्यक्ष अम्बिका पाण्डेयको अध्यक्षता,थमन सारुको स्वागत र सचिव पुण्यप्रसाद सुवेदीको संचालनमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च