नेपाल मगर भुतपूर्व सैनिक तथा प्रहरी संघ,पाल्पाको दोस्रो अधिवेशन सम्पन्न,अध्यक्षमा डिल बहादुर राना

नेपाल मगर भुतपूर्व सैनिक तथा प्रहरी संघ, पाल्पाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । पाल्पा तानसेनमा भएको दोस्रो अधिवेशने डिल बहादुर राना लाई अध्यक्ष पदमा निर्वाचित गरेको छ हुनुभएको छ । अधिबेशनले नुरमति आलेलाई उपाध्यक्ष, गोबिन्द बहादुर राना सचिव र चन्द्र बहादुर रानालाई कोषाध्यक्षमा निर्वाचित गरेको हो । अधिबेशनबाट सदस्यहरुमा मीना पचभैया, धन बहादुर अस्लामी, शेर बहादुर कवर र धन बहादुर पचभैयालाई सर्वसम्मत चयन गरेको निर्वाचन मण्डलका सदस्य एवम् संघका केन्द्रिय सदस्य धनसिँह थापाले जानकारी दिनुभयो ।

निर्वाचित नयाँ कार्यसमितिको बैठकले जिल्ला अधिबेशन सम्पन्न गर्न सहयोग गर्ने सवैलाई धन्यबाद दिदै निर्वाचन मण्डलमा रहेका धनसिंह थापा, नेपाल मगर महिला संघ, पाल्पाकी उपाध्यक्ष नरमति झेडी र नेपाल मगर भुतपूर्व सैनिक तथा प्रहरी संघका लुम्बिनी प्रदेश अध्यक्ष लालमाने पुनलाई समेत धन्यबाद दिएको अध्यक्ष रानाले जानकारी दिनुभयो ।

आगामी बैठकमा जिल्ला समितिलाई पूर्णता दिन गाउँ तथा नगरपालीकालाई समेट्ने गरी सदस्यहरुको पदपुर्ति गर्ने सचिव गोविन्द बहादुर रानाले जानकारी दिनुभयो ।संघको दोस्रो जिल्ला अधिबेशनको उद्घाटन गर्दे कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर भुतपूर्व सैनिक तथा प्रहरी संघका संघिय अध्यक्ष हुम बहादुर थापा.पचभैया. ले सवै भुपूहरु एक ठाउँमा उभिएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । भुपूहरुको अनुभव, शक्ति र शाहसलाई समेत राज्य र समाजले उपयोग र फाईदा लिन नसकेको भन्दै संघिय अध्यक्ष थापाले भूपूहरु समाज परिवर्तनको मियो रहेको समेत बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च