बगनासकाली गाउँपालिकमा एकीकृत घुम्ती शिविर हुँदै

पाल्पा / बगनासकाली गाउँपालिकाले गाउँ गाउँमै गएर नागरिकलाई एकिकृत घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । शुक्रबार देखिसुरु हुने शिविर २३ गते सम्म सञ्चालन हुने पालिकाले जनाएको छ ।

माघ १३ गते शुक्रबार वडा नं. २ पोखराथोकको वडा कार्यालयमा शिविर सञ्चालन हुने छ । यस्तैगरी माघ १४ गते शनिबारका दिन वडा नं. ३ नारयन्मतले र ४ खानीछाप वडा कार्यालय, माघ १५ गते वडा नं. ५ दर्लमडाँडा, माघ १६ र १७ गते वडा नं. ६ यम्घा, माघ १८ गत वडा नं. ७ खानिगाउँ, माघ २० गते वडा नं. ९ चापपानी, माघ २२ गते वडा नं. ८ बराङ्गदी माघ २३ वडा नंं १ चिर्तुङ्गधारामा शिविर सञ्चालन हुने पालिका अध्यक्ष सरस्वती चिदीले जानकारी दिनुभयो ।

पालिकाका भित्रका नागरिकलाई सेवा लिन सहजताका लागि वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले बताउनु भयो । उनले शिविरमा सामाजिक सुरक्षा भत्ता वितरण, स्वास्थ्य परीक्षण,औषधि वितरण, स्वास्थ्य शिक्षा, आयूर्वेद स्वास्थ्य जाँच,औषधि वितरण,स्वास्थ्य जीवनशैली शिक्षा समेत उपलब्ध गराइने बताउनु भयो । यस्तैगरी कृषि, पशुसेवा, व्यवसाय दर्ता तथा नविकरण,गरिव परिवार परिचय पत्र वितरण,जेष्ठ नागरिक परिचय पत्रका साथै पालिकाको सेवाका विषयमा गुनासो तथा सुझाव संकलन गरिने प्रमुख प्रशासकीय घर्तीको भनाइ छ ।

जनतालाई आफ्नै वडाबाट सबैखाले सेवा उपलब्ध गराउने पालिकाको निर्णय अनुसार शिविर चलाउन लागिएको पालिकाका प्रवक्ता टिकाबहादुर थापाले बताउनु भयो उहाँले स्थानीय वडास्तरमा सञ्चालन हुने एकीकृत घुम्ती शिविरमा सहभागी भएर सेवालिन आग्रह समेत आग्रह गनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च