नेपाल पञ्चांग निर्णायक विकास समितिद्वारा मान्यता पाएको २०८० सालको पात्रो प्रकाशित भएको छ ।
हालै सार्वजनिक २०८० सालको पात्रोअनुसार वैशाखमा पर्याप्त बिहेको साइत छैन। अघिल्लो वर्षदेखि नै वृहस्पति ग्रह अस्त रहेको १५ मात्र उदय हुने भएकाले १९ गतेदेखि मात्रै साइत निकालिएको छ।
जेठ र मंसिरमा पर्याप्त साइत रहे पनि असार, माघ र फागुनमा त्यति साइत निस्किएको छैन।
हेर्नुहोस्, कुन महिना कति गते छ, विवाहको साइत—
वैशाख— १९, २०, २७ र २८ गते।
जेठ— २, ६, ७, १५, १६, २०, २२, २४ र २९ गते।
असार— ७, ८ र ११ गते।
मंसिर— १२, १३, १८, २१, २३, २८, २९ र ३० गते।
माघ— २, १६, १७, २१, २३ र २९ गते।
फागुन— १९, २१ २२, २३ र २४ गते।
व्रतबन्धको साइत
वैशाख—२४ गते।
जेठ— ८, १०, २२ र २५ गते।
असार— ४ गते।
चैत— ७, ८ र १४ गते ।