तानसेन नगर कार्यपालिकाकाे निर्णय सार्वजनिक

तानसेन – तानसेन नगरपालिकाको १२ औँ नगरसभा तथा कार्यपालिकाले गरेका बैठकका निर्णय सार्वजनिक गरेको छ । आइतबार नगरसभाहलमा पत्रकार सम्मेलनमार्फत नगर पालिकाबाट भएका निर्णयहरु सार्वजनिक गरिएको हो ।

विभिन्न समयमा बसेको नगर कार्यपालिकाको बैठकले फागुन २ गते रानीमहलमा विशेष कार्यक्रम गर्नेदेखि दरबार परिसर भत्काउनेसम्मको निर्णय गरेको छ । निर्णयहरु सार्वजनिक गर्नुहुँदै नगर प्रवक्ता एवं वडा नं. १० का अध्यक्ष यादवसिंह कार्कीले नाटा लुम्विनी र नाटा च्याप्टर पाल्पाको संयोजनमा रानीमहलमा भोलि अर्थात फागुन २ गते २५ जोडीलाई सम्मान गर्ने कार्यक्रम रहेको बताउनुभयो । उहाँले रानीमहललाई स्थापित गर्न प्रणय दिवसका अवसरमा २५ जोडीलाई सम्मान गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

यस्तै नगरपालिकामार्फत श्रीनगर र रानीमहलमा संकलन भएको राजश्वमा समेत बृद्धि भएको नगरप्रवक्ता कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार श्रीनगरबाट हालसम्म १५ लाख बढी र रानीमहलबाट २५ लाख बढी राजश्व संकलन भएको जानकारी दिनुभयो । उहाँले विगतमा ठेक्कापट्टाबाट राजश्व संकलनमा भन्दा अहिले दोब्बरले बढी राजश्व संकलन भएको उल्लेख गर्नुभयो । यस्तै नगरपालिकाले हेफर इन्टरनेश्नलसँगको साझेदारीमा भएको कार्यक्रमलाई स्थगित गर्ने निर्णय गरेको छ ।
हेफरसँग गरेको कार्यक्रममा महालेखाले सैद्धान्तिक बेरुजु उल्लेख गरेकाले उहाँ बेरुजु घटाउन उसँगको सहकार्य तोड्ने निर्णय गरिएको कार्कीले जानकारी दिनुभयो । नगरकार्यपालिकाको बैठकले आगामी फागुन १५ गते मगर दिवसका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरिसकेको छ । प्रवक्ता कार्कीका अनुसार तानसेन दरबार तथा मूल ढोका परिसरभित्रका टहरा हटाउने सबैको सुझाव प्राप्त भएको बताउनुभयो ।

नगरपालिकाले डुम्रे गौडेपुलदेखि रिडीसम्मको सडकखण्डको सरकारी जग्गामा बनेका अव्यवस्थित घरटहराबाट कर लिने निर्णय गरेको छ । ती स्थानमा ६०० बढी घरटहरा रहेको नगरपालिकाले अनुमान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च