एमाले अध्यक्ष ओलीको आरोप : दश दलीय गठबन्धन प्रतिगमनकारी

तानसेन, १४ चैत ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दश दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्।पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले दश दलीय गठबन्धनले देशको बारेमा केही बोल्न नसकेको बताए ।

गठबन्धनलाई प्रतिगमनकारीको संज्ञा दिँदै उनीहरूले देशलाई दिशाहीन अवस्थामा पुर्‍याउने प्रयास गरिरहेको आरोप लगाए।मिसन ग्रासरुस’अन्तर्गत पाल्पाको तानसेनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनले मुलुकलाई अराजकतातर्फ धलेकिरहेको दाबी गरे ।

ओलीले नेकपा एसका नेता सोम प्रसाद पाण्डे प्रति लक्षित गर्दै पाल्पामा संघिय निर्वाचनमा दुई वटै क्षेत्र एमालेले जितेको बताउदै सम्धीको आर्शिबाद समेत काम नलागेको बताएका छन । उनले एमाले बिरुद्ध सबै शक्ति एक भएर लाग्दा अफ्ट्यारो परेको भन्दै आक्रोशसमेत व्यक्त गरे ।

एमालेको पालामा पूर्ब पश्चिम राजमार्ग बिस्तार, पूर्ब पश्चिम रेल, तराइमा हुलाकी राजमार्गको काम भएको भन्दै अरुले २० बर्ष गर्ने काम एमाले सरकारमा हुदा ३ बर्षमा नै गरेको दाबी समेत गरे ।

अध्यक्ष ओलीले पार्टीको काममा जुट्न पनि नेता, कार्यकर्तालाई निर्देशन दिदै एमाले समाप्त हुन्छ भन्ने भ्रम चिरिएको उल्लेख गर्दै विरोधीहरूको भ्रममा नपरी देश निर्माणको अभियानमा जुट्न पनि सिंगो पार्टीपंक्तिलाई आह्वान गरे ।

अध्यक्ष ओलीले पाल्पा जिल्लामा संगठन बलियो बनाउन योगदान गर्ने जिल्ला पार्टीपंक्ति, कार्यकर्ता लगायतलाई धन्यबाद ब्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च