विश्व हिन्दु महासंघको अधिवेशन बुटवलमा हुँदै

बुटवल । विश्व हिन्दु महासंघ नेपालको ८ औं महासभा तथा अधिवेशन बुटवलमा हुने भएको छ । चैत्र २१ र २२ गते बुटवलको अन्तराष्ट्रिय सम्मेलन केन्द्र रामनगरमा अधिवेशनको आयोजना गरिने भएको हो । आज आयोजकले पत्रकार सम्मेलनको आयोजना गर्दै अधिवेशनको तयारी पुरा भएको जानकारी गराएको छ । महासंघका केन्द्रीय अध्यक्ष डाक्टर रामचन्द्र अधिकारीले महाधिवेशनबाट देशभरबाट १५ सय प्रतिनिधिहरुको सहभागिता हुने र हजारौैको उपस्थिती रहने जानकारी दिनुभयो । ७७ जिल्लाका प्रतिनिधिहरुको सहभागितामा अधिवेशनसँगै महासभाको आयोजना हुने उहाँले जानकारी दिनुभयो ।

महासंघले ओमकार परिवारको एकता र सहकार्यको लागि काम गर्दैै आएको बताउँदै अधिकारीले महासभाबाट हिन्दु संगठित भएर एकताको सन्देश दिनको लािग महासभाको अयोजना गरिएको बताउनु भयो ।

महासंघ गैरराजनीतिक धार्मिक छाता संगठन भएकाले महासंघको सभा सम्मेलन र बैठकहरुमा राजनीतिक पक्ष र विपक्षमा बादविवाद गर्न नपाईने उहाँले बताउनु भयो । केन्द्रीय वरिष्ठ उपाध्यक्ष बेन बहादुर पौडेल क्षेत्रीले विश्व ओमकार एकता महाअभियानमा संगठित हुँदै जागरण अभियान सञ्चालन गर्नको लागि महासभाको आवश्यकता रहेको बताउनु भयो । महासंघले प्रजातान्त्रिक बिधानबाट संचालित भएकाले गुरु , पुरोहित , ज्योतिष, मठ, मन्दिर, गुम्बा, आश्रम, संघ , संगठन , धामि झाँक्री, साधु, सन्तलाई संगठित भएर धार्मिक शक्तिकेन्द्र बन्नको लागि अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च