पाल्पा- रिब्दिकोट गाउँपालिका वडा न.७ मा अवस्थित कालिका माध्यमिक विद्यालयको स्वर्ण महोत्सब समारोह सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभामुख माननीय तुलाराम घर्ती मगर ( वसन्त )को प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सभामुख घर्ती मगरले नेपालका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका सवालमा निजी विद्यालयको तुलनामा कमजोर देखिएको बताउनुभयो ।
विभिन्न प्रकारका तालिम, सभा, सम्मेलन, अन्तरक्रिया, छलफल, योजना निर्माण आदि गरी शिक्षाको गुणस्तर उकास्ने प्रयत्न गरिँदै आए पनि व्यवहारमा सार्थकता पाउन नसेको बताउदै संघीयताको महत्व भनेको नै प्रदेश सरकार भएको हुदा स्थानीय तहले निर्माण गर्नुपर्ने कानुन, त्यसको अवस्था, सुधार गर्नुपर्ने विषयमा प्रदेश सरकार गम्भीर भएर अगाडी बढेको बताउनुभयो ।
बिधालयमा शैक्षिक सुधार प्रयाप्त मात्रामा शिक्षण सिकाइ क्रियाकलापका लागि आवश्यक पर्ने शैक्षिक सामाग्रीको व्यवस्था गर्न प्रदेश सरकार मार्फत आफुले पहल कदमी गर्ने बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि रिब्दिकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले विद्यालयको समग्र भौतिक एवम शैक्षिक गुणस्तर वृद्धिका लागि गाउँपालिकाले गर्नुपर्ने सहयोग गर्ने बताउनुभयो ।
समग्र विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षक,अभिभावक र व्यवस्थापन समितिको त्रिकोणात्म सम्बन्ध हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा शिक्षाप्रेमी, समाजसेवी, चन्दादाता लगायत बुद्दिजिवीहरुलाइ सम्मान गरिएको थियो । स्वर्ण महोत्वको अवसर राष्ट्रिय कलाकार राजु परियार, पुस्कल शर्मा लगायतका कलाकारहरुको उपस्थितिमा सास्कृतिक कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जीवन कुवँरले कक्षा नर्सरी देखि कक्षा ३ सम्म अङ्ग्रेजी माध्यमबाट पढाइ भइरहेको बताउनुभयो । विद्यालयमा कक्षा नर्सरी देखि कक्षा १२ सम्म २ सय ७७ जना विद्यार्थीहरूले अध्ययन गर्दै आए छन भने २२ जना शिक्षकहरूले अध्यापन गराउदै आएको बताउनुभयो ।
कुल २ करोड २४ लाख बराबरको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम वडा अध्यक्ष दान बहादुर कुवरले विद्यालयकाे समग्र शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि वडा स्तर सहयोग गर्दै आएकाे बताउनुभयो ।
आगामी दिनमा पनि समग्र स्कुलकाे भाैतिक एवम शैक्षिक गुणस्तरकाे लागि पहली कदम अगाडि बढाउने बताउनुभयो । कार्यक्रम विधालय ब्यबस्थापन समितिका अध्यक्ष दोलख बहादुर कार्कीको अध्यक्षता सम्पन्न भएको हो ।