पाल्पा – माथागढी गाउँपालिकाको चिदीपानीकाे स्वास्थ्यचौकीको भवन उद्घाटन तथा पूर्ण संस्थागत सुत्केरी वडा घाेषणा एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । स्वास्थय चाैकी भवनको औपचारिक समुद्घाटन तथा पूर्ण संस्थागत सुत्केरी वडाको घोषणा समेत गरिएको छ ।
चिदीपानी स्वास्थ्यचौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पन्थीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि पाल्पा क्षेत्र नम्बर २ का सांसद ठाकुरप्रसाद गैरेले उद्घाटन गर्नुभयो । कार्यक्रममा पाल्पा क्षेत्र नम्बर १ का सांसद नारायण प्रसाद आचार्य माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदी गाउँपालिकाका उपाध्यक्ष विष्णुमाया लुङ्चे पाल्पा जिल्ला अस्पतालका अध्यक्ष गुराँस आत्रेय जनप्रतिनिधि पूर्व जनप्रतिनिधि समाजसेवी विद्यालयका प्रअ लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा चिदीपानी स्वास्थ्य चौकी भवन निर्माणका लागि जग्गा प्रदान गर्नुहुने चिनीपानी १ निवासी सनातन काफ्ले र बिमाकुमारि रेग्मीलाई सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको थियो जग्गादाता विमा कुमारी रेग्मीले १ रोपनी ३ आना जग्गा स्वास्थ्यचौकीका प्रदान गर्नुभएको थियो । सोही कार्यक्रमको अवसरमा माथागढी गाउँपालिका वडा नं १ चिदीपानीलाइ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ ।
वडाले सम्पूर्ण मापदण्ड पूरा गरेकाले गाउँपालिकाका अध्यक्ष यम चिदीले वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्दै वडाका अध्यक्ष राजकुमार पन्थी र स्वास्थ्यचौकी प्रमुख ध्रुवबहादुर सुनारलाई संयुक्त रुपमा घोषणा पत्र हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा पूर्ण संस्थागत सुत्केरी घोषणा गर्न सहयाेग गर्ने महत्वपूर्ण व्यक्ति तथा संस्थाहरुलाई सम्मान पनि गरिएको थियो । कार्यक्रममा पूर्व स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्षहरु वर्तमान पदाधिकारीहरु जनप्रतिनिधिहरु महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु स्वास्थ्य आमा समुहहरु समाजसेवी चिदीपानी आयुर्वेदिक औषधालय शप्त पथ युवाक्लब लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रमका वक्ताहरुले प्रमुख अतिथि विशिष्ट अतिथि तथा अन्य वक्ताहरुबाट चिदीपानी स्वास्थ्यचौकीमा निर्माण हुने स्वास्थ्य चाैकीलाइ जग्गादाताको कारण सुविधासम्पन्न भवन निर्माण भई नियमित स्वास्थ्य सेवा प्रवाहमा सहज भएकोमा भवनबाट प्रसूति सेवा र ल्याब सेवा थप गरी प्रदान गरेको र यसलाई अझ व्यवस्थित बनाउन आफ्नो क्षेत्रबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्न सफल भएकोमा धन्यवाद दिँदै मौलिका दिनमा समेत सबै पक्षलाई थप जिम्मेवार हुन पनि सचेत गर्नुभएको थियो । पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्न जति महत्वपूर्ण छ योभन्दा मत्तर गर्नुभएको थियो कार्यक्रममा चिरी पनि स्वास्थ्य चौकी प्रमुख तुलबहादुर सुनारले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने, गाउँपालिकाका माथागढी गाउँपालिकाका स्वास्थ्य संयोजक केशव जिसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।