सहयोगी नलिई आउन सांसदलाई संसद सचिवालयको आग्रह

वैशाख २५,काठमाडौं ।

राष्ट्रियसभाले बैठकमा आउँदा सहयोगी नल्याउन सांसदहरुलाई आग्रह गरेको छ ।

बिहीबार बसेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले सांसदहरुलाई यस्तो आग्रह गरेको हो ।

‘सकेसम्म सहयोगी नल्याउन भनिएको छ । नल्याइ नहुने सुरक्षार्थ खटिएकाहरुका सन्दर्भमा केही भन्ने कुरा भएन’ संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाले भने ।

शुक्रबारबाट संघीय संसदको वर्षे अधिवेशन सुरु हुँदैछ । कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्युनीकरण गर्नका लागि सामाजिक दुरी कायम हुने गरी बैठक कक्ष तयार पारिएको छ । सांसदहरुहरुलाई बालकोनीमा समेत राख्ने गरी व्यवस्था मिलाइएको छ ।

ठाउँ साँघुरो र रोगको जोखिम कम गर्नका लागि यस्तो आग्रह गर्ने निर्णय भएको नेताहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च