एक महिनाको महसुल नलिने खानेपानी संस्थाको निर्णय

बैशाख २९, दाङ ।
तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था दाङले एक महिनाको महसुल नलिने भएको छ। लामो समयदेखि जारी लकडाउनका कारण उपभोक्ताहरु प्रत्यक्ष मारमा परेपछि एक महिनाको महसुल नलिने निर्णय गरेको अध्यक्ष खेमराज वलीले बताए।

उपभोक्तालाई परेको आर्थिक भारको मध्यनजर गरी एक महिना भरिको खानेपानी महशुल छुट दिने निर्णय गरिएको हो। उक्त संस्थाको आठ हजार उपभोक्ता छन्। एक महिनाको महसुल १२ लाख रुपैयाँ हुने अध्यक्ष वलीले बताए।

संस्थाले व्यक्तिगत धाराको न्युनतम महसुल १५० र संस्थागत धाराको ३५० रुपैयाँ लिँदै आएको छ। संस्थाले १५० घारा संस्थागत र सात हजार ८५० वटा व्यक्तिगत धारा वितरण गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च