किसानको घरघरमै गएर योजना सम्झौता

बैशाख २९, गुल्मी ।
लकडाउनका कारण किसानको घरघरमै गएर कृषि ज्ञान केन्द्र गुल्मीले योजनाको सम्झौता गरेको छ। तम्घासमा रहेको केन्द्रको कार्यालय सम्म किसानहरु आउन नसक्ने भएपछि किसानको घरमै गएर योजनाको सम्झौता गरिएको केन्द्रका प्रमुख बुद्धिराज घिमिरेले बताए।

केन्द्रले सुन्तला, कागती, फलफूल मिसन कार्यक्रम र साना सिंचाइ कार्यक्रम अघि बढाएको छ। योजना अनुसार २० रोपनी जग्गामा सुन्तला, कागती लगाउने ९८ जना किसानलाई एक लाख रुपैयाँका दरले अनुदान दिने र थप एक लाख रुपैयाँ किसानले लगानी गर्ने गरी सम्झौता गरिएको घिमिरेले बताए।

यस्तै, २०० रोपनी जग्गामा कागती, सुन्तला लगाउने पाँचवटा कृषक समूह र सहकारीहरुसँग पनि सम्झौता गरिरहेको केन्द्रले जनाएको छ। कृषक समूह र सहकारीलाई १० लाख पैयाँका दरले अनुदान दिने कार्यक्रम रहेको प्रमुख घिमिरेले बताए।

साना सिंचाइ कार्यक्रमअन्तर्गतका योजनाहरुको पनि किसानकै घरमै गएर सामाजिक दूरी कायम गरी सम्झौता गर्ने कार्यलयले जनाएको छ। जसका लागि कार्यलयका कर्मचारीहरु टोली विभाजन गरी फिल्डमा रहेको र किसानसँग सम्झौता गर्ने कार्यक्रम चलिरहेको कृषि अधिकृत हरि आर्चायले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च