बैशाख २९, बुटवल ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले जेठ ५ गतेसम्म जिल्ला सिल गर्ने निर्णय गरेको छ।
सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोरोना भाइरसका संक्रमित बढ्दै गएकाले त्यसको नियन्त्रणका लागि जेठ ५ गते सम्म कपिलवस्तु सिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले बताए।
उनका अनुसार जिल्ला भित्रीने र बाहिरीने दुवै काम बन्द भएको छ। सबै उद्योग कलकारखाना बन्द हुने भएका छन्। पौडेलले जिल्लामा कोरोनाका थप संक्रमण नफैलियोस् र यसअघि बाहिरबाट आएकाहरूलाई क्वारेन्टाइनमा व्यवस्थित गर्न सकियोस् भनी जिल्लालाई एक साता सिल गर्ने निर्णय गरिएको जानकारी दिए।
कपिलवस्तुमा सोमबारमात्रै थप दश जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।