नेविसंघले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने

बैशाख ३०, काठमाडौं ।
नेपाल विद्यार्थी संघले मंगलबार ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने भएको छ ।
लिपुलेकमा भारतद्वारा सडक निर्माण, नेविसंघ प्रदर्शनका क्रममा भएको धरपकड र गिरफ्तारी र सन् २०१५ मा भारत-चीनबीच भएको सम्झौता खारेजीको माग राख्दै मंगलबार ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइने नेविसंघ अध्यक्ष राजीव ढुंगानाले जानकारी दिएका छन् ।

अध्यक्ष ढुंगानाले ७७ वटै जिल्लामा परिपत्र गर्न लागिएको समेत जानकारी दिएका छन् ।

लिपुलेकलगायतका नेपाली भूमिमा भारतले गरेको अतिक्रमणको विरोधका क्रममा अध्यक्ष ढुंगाानसहितका १०० नेविसंघ नेता-कार्यकर्तालाई सोमबार दिउँसो नियन्त्रणमा लिएको थियो । उनीहरुलाई सोमबार राति ८ बजे रिहा गरेको छ ।

यसअघि शुक्रबार भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडकको उद्‌घाटन गरेपछि देशभर त्यसको विरोध भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च