आरडिटी किट आएपछि कोरोना परीक्षण पुनः शुरु

बैशाख ३०,प्युठान ।
प्युठानमा आरडिटी किट आएपछि कोरोना परीक्षण पुनः शुरु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार थप तीन सय किट प्राप्त भएसँगै क्वारेन्टाइनमा बसेका व्यक्तिको जाँच शुरु गर्न लागिएको र्‍यापिड रेस्पोन्स टिमका फोकल पर्सन पुष्कल श्रेष्ठले जानकारी दिए ।

यसअघि ३२० किट प्युठानमा आएको थियो । किट अभावले क्वारेन्टाइनमा बसेका ५५६ जना आरडिटीविना घर फर्किएका छन् । क्वारेन्टाइनमा १४ दिन बसेर उनीहरु जाँचविना घर फर्किएका हुन् ।

यही वैशाख २१ देखि २८ गतेसम्म क्वारेन्टाइनमा बसेकाहरुलाई घर पठाइएको श्रेष्ठले जानकारी दिनुभयो । घर गएर एक हप्ता सुरक्षित बस्ने शर्तमा उनीहरुलाई घर पठाइएको हो ।

हाल जिल्लामा ५२६ जना क्वारेन्टाइनमा बस्दै आएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च