बैशाख ३१, बटवल ।
भारतले चीनको मानसरोवर जाने सडक निर्माण गर्दा नेपाली भू–भाग मिचेर बनाएको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पर्दशन गरेको छ । सिमा अतिक्रमणको रिोधमा राष्ट्रिय प्रजातन्त्र पाटीले प्रर्दशन गर्दै आएको छ ।
कोरोना महामारीका बिच गरिएको विरोध प्रदर्शनमा सीमा मिच्न पाईदैन, भारतीय हस्तक्षेप मुर्दावाद, कालापानी हाम्रो हो, लिपुलेक लिम्पीयाधुरा हाम्रो हो जस्ता नारा लगाईएको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले बुटवलको हस्पिटल लाइनमा भारत विरुद्ध प्रदर्शन गरेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी बुटवलका अध्यक्ष निरज खाँणको नेतृत्वमा भएको विरोध प्रर्दशनमा केन्द्रिय सदस्यद्धोय ईरसाद आलम, राजेन्द्र पाण्डे, नविन पौडेल तथा विभिन्न तह र तप्काका कार्यकर्ताहरुको सहभागितामा प्रदर्शन गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी मध्यपूर्व संयोजक तोयानाथ लम्सालले जानकारी दिए ।
कार्यक्रम शान्तिपूर्ण भएको केन्द्रीय सदस्य नवीन पौडेलले जानकारी दिए ।