दिपक भट्टराई पाल्पा ३१ असार
रिब्दीकोट गाउँपालिका पाल्पाले पालिकामा करार तथा ज्यालादारीमा काम गर्ने कर्मचारीहरुको म्याद थप गरेको छ ।आज बसेको कार्यपालिकाको बैठकले करार कर्मचारीको म्याद थप गर्ने निणर्य गरेको हो ।
अस्थायी तथा सेवा करार तर्फका जनशक्ति व्यवस्थापन गर्ने सम्बन्धमा कार्यपालिकामा भएको निणर्य अनुसार गाउँपालिकामा कार्यरत अस्थायी, करार तथा ज्यालादारीमा काम गर्ने ८१ जना कर्मचारीहरुको म्याद थपिएको कार्यपालिका सदस्य सुनिल बस्यालले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले आफु जहिले पनि कर्मचारीको पक्षमा रहने बताउदै, कर्मचारीले लगनशील भई जनाताको काममा कसैलाई पनि प्रतिशोत को व्यवहार नगरी,इमान्दारीताका साथ काम गर्न आग्रह गनुभयो ।
स्थानिय तहको दोेस्रो निवार्चन पछी,नगर पालिका तथा गाउँ पालिकाहरुले अस्थायी तथा सेवा करार तर्फका कर्मचारीको म्याद थप नगर्ने,निणर्य अन्य स्थानिय तहमा भएपनि रिब्दीकोट गाउँपालिकामा यस्तो निणर्य नभएको गाउँपालिकाले जनाएको छ ।