सत्ता गठबन्धमा सिट बाँडफाँटबारे कुरा नमिलेपछी आफ्नो दाबी छोड्न दलहरु तयार

 

 

 

 

आगामी मंसिरमा हुने प्रतिनिधीसभा निर्वाचनमा चुनावी भागवण्डा वितरण टुंगो लाग्न सकेन । पटकपटक बैठक बस्दा पनि दलहरुका आफना आफनै अडान कायम हुदाँ निष्कर्षमा पुग्न सकेको छैन।सत्ता गठबन्धनका चार दलले प्रतिनिधि सभामा दाबी गरेको सिट घटाउने भएका छन्। शुक्रबार बेलुका बसेको कार्यदलको बैठकमा आफ्नो दाबी छोड्न तयार रहेको उनीहरुले बताएका हुन्।
बिहीबारको बैठकमा कांग्रेसले १००, माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टी ९ जसपाले ३५ र राष्ट्रिय जनमोर्चाले २ सिट दाबी गरेका थिए।
‘कार्यदलमा प्रस्तुत भएका ३० प्रतिशत भन्दा बढी दाबी घटाउन चारै दल सहमत भएका छन्, कार्यदलका एक सदस्यले भने, शुक्रबारको बैठकमा प्रदेश सभाका ३ सय ३० क्षेत्रको पनि बाँडफाँटका विषयमा सल्लाह भएको छ।
एक दुई दिनभित्रमा सुझाव संकलन गरी सिट बाँडफाँटबारे शीर्ष नेतालाई प्रतिवेदन दिने तयारी छ। ‘प्रतिनिधि सभा र प्रदेशको पनि सुझाव संकलन गरेर एक दुई दिनभित्र शीर्ष नेतालाई बुझाउँने तयारी कार्यदलको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च