काठमाडौं । आज राति १२ बजेपछि प्रतिनिधिसभाको कार्यकाल सकिँदै छ। पाँच वर्षको कार्यकाल आज रातिदेखि सकिन लागेको हो ।बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले शनिबार मध्यरातदेखि संसदको ११औँ अधिवेशन अन्त्य गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरिसेकेका छ ।आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि समानुपातितर्फका उम्मेदवारको बन्दसूची असोज २-३ मा बुझाउने निर्वाचन कार्यतालिका भएकाले सोभन्दा अगाडि नै प्रतिनिधिसभाको आयु सकिने प्रावधान छ ।